समाचार

चट्याङले महिलाको मृत्यु

पर्वत । मोदी गाउँपालिका ४ हलहलेमा चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा २२ वर्षीया तारादेवी पुन रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए। सोमबार राति करिब ८ बजे परेको चट्याङले घाइते भएकी पुनको जिल्ला अस्पताल पर्वतमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

पुरा पढ्नुहॊस »

कुटपिटबाट ७५ वर्षीय वृद्धको मृत्यु

सुनसरी । सुनसरीको भोक्राह-नरसिंह गाउँपालिका-३ सर्बैया टोलमा कुटपिटबाट आइतबार एक वृद्धको मृत्यु भएको छ। राति साढे ११ बजे भोक्राह-नरसिंह गाउँपालिका-७ बस्ने २९ वर्षीय शंकर मण्डल र २५ वर्षीय बुदु मण्डलले सोही ठाउँ बस्ने ७५ वर्षीय जागेश्वर मण्डललाई पुरानो रिसइबीको कारण कुटपिट गरेका थिए। कुटपिटबाट मण्डलको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घटनामा संलग्न दुवै जनालाई प्रहरीको नियन्त्रणमा राखि थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ। शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सुनसरीमा …

पुरा पढ्नुहॊस »

यी रहेछन् पृथ्वी जोगाउन भूमिका खेल्ने विश्वका ५ मुलुक

काठमाडाैँ । मुलुकमा हरियाली प्रवर्द्धन गरेर जलवायु परिवर्तनका कारण पृथ्वीमा हुने नोक्सानीबाट जोगाउनका लागि भूमिका खेल्ने विश्वका ‘टप फाइभ’ देशको नाम सार्वजनिक गरिएको छ । जलवायु सम्बन्धी पछिल्लो प्रतिवेदनमा समुन्द्र पहिला सोचिएको भन्दा निकै बढी अर्थात ४० प्रतिशत छिटो तातो हुँदै गएको जनाइएको थियो । सन् २०१८ को अक्टोबरमा संयुक्त राष्ट्र संघको प्यानलले सार्वजनिक गरेको प्रतिवेदनमा विश्वव्यापी उष्णताका कारण बाढी, खडेरी, खाद्यान्नको अभाव, जंगलमा आगो लाग्ने लगायतका समश्या बढने उल्लेख …

पुरा पढ्नुहॊस »

नयाँ ट्याक्सी दर्ता खोल्ने तयारीमा सरकार

काठमाडौं ।  सरकारले ट्याक्सीमा सीमित व्यवसायीको एकाधिकार तोड्दै नयाँ ट्याक्सी दर्ता खुला गर्ने तयारी गरेको छ । सरकारले यसअघि नयाँ ट्याक्सीको दर्ता प्रक्रिया नखोल्दा सीमित ट्याक्सी व्यवसायीको एकाधिकारलाई संरक्षण गर्दै आइरहेको आरोप खेपेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले उपत्यकामा ट्याक्सी दर्ता खुलाउन मन्त्रालयसँग पहलकदमी गरिरहेको बताए । उनका अनुसार नयाँ ट्याक्सी दर्ता कुन मोडेलमा खोल्ने भन्ने विषयमा अहिलेसम्म कुनै पनि आधिकारिक निर्णय भएको छैन । –नागरिक …

पुरा पढ्नुहॊस »

मिथिलाञ्चलमा जुडशीतल पर्व मनाइँदै

जनकपुरधाम । मिथिलाञ्चलमा सोमबार जुडशीतल पर्व मनाइँदै छ । मिथिलाञ्चलमा यस पर्वलाई विशिष्ट कृषि संस्कृति मानिएको छ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरूवा पर्व भनी मनाउने गरेको छ । वस्तुतः दुवै पर्वको उद्देश्य सूर्यको तापबाट आकुल व्याकुल मानवलाई शीतलता प्रदान गर्नुरहेको छ । मिथिलाञ्चल मुख्यतः कृषि प्रधान क्षेत्र भएकाले यहाँ मनाइने चाडपर्वमा कृषि संस्कृतिको प्रभाव देखिन्छ । फलतः यस पर्वमा …

पुरा पढ्नुहॊस »

काठमाडौँ भ्युटावरको निर्माण पाँच बर्ष ढिला हुने

काठमाडौँ । पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्युटारवरको निर्माण पाँच बर्ष ढिला हुने भएको छ । काठमाडौँ महानगरपालिकाले यसको निर्माणका लागि पाँच वर्ष म्याद थपेपछि निर्माणमा ढिलाई हुने भएको हो । सम्झौता भएको झण्डै दुई वर्ष निर्माण कार्य सुरु भएको थिएन तर हाल निर्माण कार्यले गति लिएको छ । २०७१ फागुन २२ गते टेन्डर पाएको जलेश्वर स्वच्छन्द विकोई बिल्डर्स कम्पनीले आर्थिक वर्ष २०७४÷७५ बाट काम सुरु गरेको हो । सम्झौतामा काठमाडौँ …

पुरा पढ्नुहॊस »

विहानै भूकम्पकाे धक्का

बझाङ । बझाङ केन्द्र केन्द्रबिन्दु बनाएर साेमबार विहानै ४.८ रेक्टर स्केलको भूकम्प गएको छ । सोमबार बिहान ४ बजेर २७ मिनेटमा बझाङको जयपृथ्वी नगरपालिका केन्द्रबिन्दु भएर ४ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गोरखाको बारपाक केन्द्रबिन्दु भएर २०७२ बैशाख १२ गतेको भूकम्पपछि त्यसकै परकम्प गइरहे पनि यो भूकम्प नयाँ भएको केन्द्रका वैज्ञानिक चिन्तन तिमिल्सिनाले जानकारी दिए । आसपासका जिल्लासम्म भूकम्पकाे धक्का महसुस गरिएकाे …

पुरा पढ्नुहॊस »

लुक्ला विमान दुर्घटना : काे-पाइलटसहित चार जनाकाे मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको लुक्ला एअरपोर्टमा मनाङ एअरको हेलिकोप्टर, समिट एअरको जहाज आपसमा ठोक्किँदा ४ जनाको घटनास्थलमै ज्यान गएको छ। घटनामा जहाजका पाइलट गम्भीर घाइते भएका छन्। उनको परिचय खुल्न बाँकी छ। त्यस्तै जहाजका को पाइलट (नाम पहिचान बाँकी) को निधन भएको छ। त्यस्तै विमानस्थल सुरक्षार्थ खटिएका नेपाल प्रहरीका दुई असईको पनि ज्यान गएको हाे। समिट एअरको हेलिकोप्टरले लुक्लामा पर्यटक छाडेर टेकअफ गर्न खोज्दा मनाङ हेलिकोप्टरसँग ठोक्किन पुगेको सोलुखुम्बुका प्रमुख जिल्ला …

पुरा पढ्नुहॊस »

भ्रमणमा जाँदै गरेकाे मजदुर सवार बस सर्लाहीमा दुर्घटना, ३ जनाकाे मृत्यु, ३१ घाइते

सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, बगवानी जंगलमा आज बिहान बस पल्टिँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ३१ जना घाइते भएका छन्। काठमाडाैंबाट पूर्वतर्फ जाँदै गरेको बा३ख १३१८ नम्बरको बस पल्टिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गर्ने मजदुरहरुले रिजर्भ गरेर भ्रमणमा निस्केको बस पल्टिएको हो। दुर्घटनामा ज्यान गुमाएका व्यक्ति सुनसरी र मोरङ जिल्लाका रहेका प्रहरीले जनाएको छ। दुर्घटनामा अनिल उराउ, बबी उराउ र …

पुरा पढ्नुहॊस »

नयाँ बर्षका लागि बनाइएको लिङ्गो भाँचिदा एक जनाको मृत्यु

बझाङ । बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ मा २०७६ सालको स्वागतका लागि बनाइएको लिंगो भाँचिँएर लाग्दा एक जनाको मृत्यु भएको छ । सुर्मा गाँउपालिका वडा नम्बर ४ का २७ वर्षिय दिनेश पुजाराको हिजो साँझ मृत्यु भएको हो । पुजा गर्न गाँउलेहरु जम्मा भएर गाउँनजिकै पिपलडाँडामा लिङ्गो ठड्याउने क्रममा भाँचिएर टाउकोमा लाग्दा पुजाराको मृत्यु भएको हो ।

पुरा पढ्नुहॊस »