धादिङ । धादिङको थाक्रे गाउँपालिका –५मा सिलिन्डर लिक भएर आगलागी भएकाे छ । आगलागीमा ५ लाख रुपैयाँको धनमाल जलेर नष्ट भए पनि मानवीय क्षति भने भएको छैन । स्थानीय इन्द्रबहादुर तामाङको २ तले पक्की घरमा सिलिन्डर ग्यास लिक भएर आगो लागेको हो । आगो प्रहरी र स्थानीयबासीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो ।
तपाईंको प्रतिकृया




