काठमाडौँ । भारतका विभिन्न ठाउँमा वर्षासहित आएको भीषण आँधीका कारण ३१ जनाको मृत्यु भएको छ ।
मंगलबार राति वर्षासहित आएको आँधीका कारण उत्तर भारतको राजस्थान, गुजरात, मध्य प्रदेश, उत्तर प्रदेशलगायतका राज्यमा ठूलो जनधनको क्षति भएको छ ।
सबै भन्दा धेरै प्रभाव गुजरात, मध्यप्रदेश र राजस्थान प्रदेशमा परेको बताइएको छ। यी प्रदेशमा अझै ठूलो वर्षा हुने अनुमान त्यहाँको मौसम विभागले गरेको छ र जनतालाई सचेत हुने आग्रह गरेको छ।
तपाईंको प्रतिकृया



