रौतहटमा ओलीलाई १०० किलोको मालाले स्वागत

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटमा १०० किलोको माला लगाई दिएर स्वागत गरिएको छ । एमाले रौतहट जिल्ला कमिटीको दशौँ अधिवेशन उद्घाटन गर्न बिहीबार गरूडा पुगेका अध्यक्ष ओलीलाई १०० किलोको माला लगाएर स्वागत गरिएको हो ।

गरुडस्थित श्रीराम सुगर मिलको चौरमा जिल्ला अधिवेशनको उद्घाटन सत्र भएको छ । एमालेले यो वर्ष तहगत अधिवेशन गर्ने भएको छ । जेठ मसान्तभित्र जिल्ला अधिवेशन सक्न निर्देशन दिएको छ । एमालेको दार्चुला, म्याग्दी जिल्ला कमिटीको अधिवेशन सकिइसकेको छ ।

मुगु र धादिङ अधिवेशनमा विवाद देखिएको छ । दोलखामा मतगणना भइरहेको छ । रौतहटमा बिहीबारबाट सुरु भएको अधिवेशनमा अखिलेश्वर चौधरी, रूपेशकुमार पटेल, सचिदानन्द शाह र बवन सिंह अध्यक्षका आकांक्षी छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

होटलमा २ दिनसम्म थुनेर नाबालिगमाथि सामूहिक बलात्कार

रूपन्देही । बाँकेको कोहलपुरको एक होटलमा लगेर २ दिनसम्म बन्धक बनाई एक नाबालिगलाई सामूहिक बलात्कार …

प्रतिकृया दिनुहॊस