समाचार

नेकपा सांसदलाई नीति तथा कार्यक्रममाथिको छलफलमा रोक

काठमाडाैँ । नेकपाले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुन सांसदहरुलाई रोक लगाएको छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका नेता सुवास नेम्बाङले समय नभएको भन्दै सांसदहरुलाई छलफलमा रोक लागएका हुन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा नरेन्द्र साउदले लेखेका छन्। संसदीय दलको शनिबारको बैठकमा सांसदहरुले नीति तथा कार्यक्रममा प्रयोग भएका भाषा र तथ्यांकबारे छलफल गर्न पाउनु पर्ने माग गरेका थिए। संसदमा …

पुरा पढ्नुहॊस »

जनसंख्याः २ करोड ९० लाख, जमिनका टुक्राः ३ करोड ६३ लाख

काठमाडाैँ । देशको जनसंख्याभन्दा धेरै जमिनका टुक्रा पारिएका छन्। एक लाख ४७ हजार एक सय ८१ वर्गकिलोमिटर क्षेत्रफल भएको नेपालको जमिन गत वर्षसम्म ३ करोड ६३ लाख २१ हजार १ सय ९७ टुक्रामा कित्ताकाट गरिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । जब कि देशको जनसंख्या ३ करोड ९० लाख मात्रै छ। यो खबर आजको नयाँ पत्रिकामा मुना कुवँरले लेखेकी छन्। गत आव मात्रै जमिन खण्डीकरण गरेर सात लाख २५ …

पुरा पढ्नुहॊस »

बाजुराको रुगिनमा भाइरल ज्वरोको प्रकोप

बाजुरा । हिमाली गाउँपालिका–५ रुगिनको क्युडी र नदापाटामा केही दिनयता भाइरल ज्वरोका बिरामी देखा पर्न थालेका छन्।  मौसम परिवर्तनका कारण मानिसलाई रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखा परेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोककुमार सिंहले बताए। रुगिन स्वास्थ्य चौकीका प्रमुख धनबहादुर फडेराको नेतृत्वको टोली प्रभावित क्षेत्रमा गएर ९३ भन्दा बढीको उपचार गरेको प्रमुख सिंहले जानकारी दिए। रुघाखोकी पूर्णरुपमा नियन्त्रणमा नआउँदासम्म एक जना स्वास्थ्य सहायक र एकजना अनमी गाउँमै रहने बताइएको …

पुरा पढ्नुहॊस »

ठमेलबाट २० बालबालिकाको उद्धार

काठमाडौं । प्रहरीले ठमेलबाट २० जना बालबालिकालाई उद्धार गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको नेतृत्वमा सञ्चालन भइरहेको ‘अप्रेसन रेस्क्यु अन्डरएज’ अभियानअन्तर्गत महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मादक पदार्थ सेवन गरेर ठमेलभित्र विभिन्न क्लब तथा डान्सबारमा प्रवेश गर्न खोज्ने २० बालबालिकालाई आज बिहान तीन बजे उद्धार गरेको हो। वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीले अपराधजन्य घटनामा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई उद्धार गरिएको जानकारी दिए। ‘ठमेलभित्र हुने अपराधजन्य घटनाको जोखिमबाट …

पुरा पढ्नुहॊस »

बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा आजदेखि घर निर्माण सुरु

काठमाण्डौ । नेपाली सेनाले बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा घर निर्माणको काम सुरु गरेको छ । बाराको फेटा गाउँपालिका-६ पुरैनियाका इजहार मियाँको घर शिलन्यास गरी काम सुरु भएको हो । उपप्रधान एवं रक्षा मन्त्री इश्वर पोखरेलले घर निर्माणको शिलान्यास गरे । उनले तत्काल आवासका लागि घर बनाउन लागे पनि सरकारले एकीकृत बस्तीको योजना ल्याउने बताए। सेनाले साउनको मध्यसम्ममा सम्पन्न गर्ने गरी बारामा एक हजार ३ सय ६२ तथा पर्सामा …

पुरा पढ्नुहॊस »

आज मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने पर्व

काठमाण्डाै । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा आजको दिनलाई लिइन्छ । वैशाख कृष्णपक्ष औँसीको दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमा समेत मनाउँछन् । छोराछोरीले आज बिहानै उठी …

पुरा पढ्नुहॊस »

‘फानी’को असर : आइतबारसम्म वर्षा र हिमपात हुने, सतर्क रहन आग्रह

काठमाडौं । दुई दिनअघिसम्म चर्केको घामसहित राजधानीमा गर्मी बढेको महसुस भयो। चितवन, पोखरा लगायतका क्षेत्रमा दुईदिन अघि वर्षा र हुरी आएको थियो। बिहीबार साँझ भने राजधानी लगायतका क्षेत्रमा एक्कासि वर्षा र हुरी आयो।  शुक्रबार बिहान खुलेको आकास १० बजेपछि हुरी र वर्षामा परिणत भयो। यो असर नेपालमा वर्षा भित्रिएको सङ्केत वा प्रिमनसुनको नभई बङ्गालको खाडीमा उत्पन्न भएको समुद्री आँधीको हो। पहाडी र अन्य क्षेत्रमा वर्षा र हुरी चल्ने भए पनि …

पुरा पढ्नुहॊस »

‘मेरो सरकार’मा राजतन्त्रकै भल्को

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतीक हुन् राष्ट्रपति । राष्ट्रपतिका दिनचर्या, आनीबानीलगायत संस्कारलाई जनताले अहिलेको शासन व्यवस्थाको मानक बनाउने गरेका छन् । तर पछिल्ला दिनमा राष्ट्रपति कार्यालय र राष्ट्रपति स्वयं पटकपटक विवादमा मुछिँदै आएकी छिन् । दसैंमा विभिन्न व्यक्तिलाई टीका लगाइँदिँदाको आसनदेखि विलासीपूर्ण सवारीसधान खरिदले राष्ट्रपतिको गरिमा मात्र घटाएको छैन लोकतान्त्रिक गणतन्त्रप्रति नै जनतामा वितृष्णा जगाउने काम गरेको छ । दुई सय ४० वर्षे राजतन्त्र अन्त्यका लागि सक्रिय दलका नेताहरुले …

पुरा पढ्नुहॊस »

यस्तो छ आव २०७६/७७ का लागि सरकारको नीति तथा कार्यक्रम (हेर्नुहोस् पूर्णपाठ)

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । आव २०७६/७७ का लागि सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठः [googleapps domain=”drive” dir=”file/d/1X2thiTfGt34iXf1avtrU678gwYXOiQ1M/preview” query=”” width=”640″ height=”480″ /]

पुरा पढ्नुहॊस »

चट्याङ लागेर एकको मृत्यु

काठमाडाैँ ।  चट्याङ लागेर शुक्रबार मकवानपुरमा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा  मकवानपुरगढी गाउँपालिका- ५ देउरालीकी २७ वर्षीय फूलमाया पाख्रिन छिन् ।घरभित्रै बसिरहेकी सिंहबहादुर पाख्रिनकी श्रीमती फूलमायाको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो । पश्चिमी मकवानपुरको मनहरी गाउँपालिका ३ स्थित लामिटारमा बाख्रा चराउँदै गर्दा स्थानीय बृन्दा मोक्तान घाइते भएकी छिन् ।

पुरा पढ्नुहॊस »