‘मेरो सरकार’मा राजतन्त्रकै भल्को

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतीक हुन् राष्ट्रपति । राष्ट्रपतिका दिनचर्या, आनीबानीलगायत संस्कारलाई जनताले अहिलेको शासन व्यवस्थाको मानक बनाउने गरेका छन् । तर पछिल्ला दिनमा राष्ट्रपति कार्यालय र राष्ट्रपति स्वयं पटकपटक विवादमा मुछिँदै आएकी छिन् । दसैंमा विभिन्न व्यक्तिलाई टीका लगाइँदिँदाको आसनदेखि विलासीपूर्ण सवारीसधान खरिदले राष्ट्रपतिको गरिमा मात्र घटाएको छैन लोकतान्त्रिक गणतन्त्रप्रति नै जनतामा वितृष्णा जगाउने काम गरेको छ ।

दुई सय ४० वर्षे राजतन्त्र अन्त्यका लागि सक्रिय दलका नेताहरुले मुलुकको उच्च ओहोदामा पुगे पनि पुरानै संस्कारलाई निरन्तरता दिएका छन् । त्यसको पछिल्लो उदाहरण हो ( शुक्रबार संघीय संसदमा पेस भएको सकारको नीति तथा कार्यक्रम । विगतमा जस्तै शुक्रबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट संसदमा नीति तथा कार्यक्रम पेस गरिन् । तर, मुलुकमा राजतन्त्र भएका बेलामा राजाले तत्कालीन प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गरेकै शैलीमा आफूलाई प्रस्तुत गरिन् । यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितहरुलाई अख्तियार प्रमुख र आयुक्तहरुको सात दिनको तलब

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, आयुक्त, सचिव, सहसचिव, उपसचिवलगायत कर्मचारीहरूले तलब बापतकाे …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds