चट्याङ लागेर एकको मृत्यु

काठमाडाैँ ।  चट्याङ लागेर शुक्रबार मकवानपुरमा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा  मकवानपुरगढी गाउँपालिका- ५ देउरालीकी २७ वर्षीय फूलमाया पाख्रिन छिन् ।घरभित्रै बसिरहेकी सिंहबहादुर पाख्रिनकी श्रीमती फूलमायाको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो । पश्चिमी मकवानपुरको मनहरी गाउँपालिका ३ स्थित लामिटारमा बाख्रा चराउँदै गर्दा स्थानीय बृन्दा मोक्तान घाइते भएकी छिन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री