काठमाडाैँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेतृत्वले अन्तर्रा्ष्ट्रिय उडानका जहाज पनि नियतवश पूर्ण क्षमतामा नउडाएको खुलेको छ । निगमले अन्तर्रा्ष्ट्रिय उडान गरिरहेका सेक्टरमा जानाजान उडान कटौती मात्र गरेको छैन, जापान र कोरियामा हुने भनिएको उडान नियतवश ढिला गरेको देखिन्छ । जेट एयरवेज ग्राउन्डेड हुँदा नेपाल एयरलाइन्सलाई भारतमा उडान थप्ने अवसर थियो । तर, त्यो अवसर सदुपयोग गर्नुको साटो जहाजलाई आधा क्षमता मात्रै चलाएर बाँकी समय थन्क्याएर राखिएको छ । …
पुरा पढ्नुहॊस »प्रधानमन्त्रीको बेलायत भ्रमण खल्लो
काठमाडाैँ । झन्डै दुई दशकपछि भएको नेपालका प्रधानमन्त्रीको बेलायत भ्रमण गलत समय र पर्याप्त तयारी नपुग्दा खल्लो बन्न पुगेको छ । साताव्यापी युरोप भ्रमणमा क्रममा बेलायत पुगेका प्रधानमन्त्री ओलीले तीन दिन त्यहाँ बस्दा बेलायती समकक्षी थेरेसा मेसँग भेट त गरेका छन्, तर यसबेला उनी काम चलाउ सरकार प्रमुख भएकाले महत्तपूर्ण विषयमा सहमति वा सम्झौता भने हुन सकेन । बेलायत महारानीसँग पनि भेट हुन सकेन । बेलायतमा महारानीसँगको भेटलाई महत्वपूर्ण रुपमा …
पुरा पढ्नुहॊस »काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा : भाडादर ५० प्रतिशत महँगो, कुन रूटमा कुन बस ? (सूचीसहित)
काठमाडाैं । काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन हुने भएको छ। यातायात व्यवस्था विभागले रात्रिकालीन बस सेवा सञ्चालन गर्ने तयारी गरेको हो। विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उपत्यकाको रात्रिकालीन जीवनलाई चलायमान बनाउन बस सञ्चालन गर्न लागिएको जानकारी दिए। दहालले उपत्यकावासीको माग अनुसार रात्रीकालिन बससेवा संचालनमा ल्याइएको बताउँदै राती १ बजेसम्म बस संचालन हुने जानकारी दिए। नाै वटा यतायात कम्पनीका बसले रात्रीकालिन सेवा दिने छ । साझा यतायता प्रा.ली, महानगर यतायता प्रा.ली, रिद्धि …
पुरा पढ्नुहॊस »बढ्यो सार्वजनिक यातायातको भाडा
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले सबैखाले सवारीसाधनको भाडादर वृद्धि गरेको हो । अहिलेको भाडादरमा १२ प्रतिशत भाडा वृद्धि गरिएको छ । ढेको भाडादर असार १ गतेदेखि लागू हुनेछ।
पुरा पढ्नुहॊस »प्रभु बैंकको शाखा कैलालीको अत्तरियामा
काठमाडौँ । प्रभु बैंकले कैलाली जिल्ला गोदावरी नपा वडा नं.१ स्थित अत्तरियामा शाखा कार्यालय बिस्तार गरी कारोबार शुरु गरेको छ । उक्त शाखाको गोदावरी नपाका नगर प्रमुख हरिसिंह साउदले उद्घाटन गरेका हुन् । शाखा कार्यालय उद्घाटन कार्यक्रममा कैलाली जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ कैलालीका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति थियो । सञ्चालनमा आएको बैंकको अत्तरिया …
पुरा पढ्नुहॊस »बसको झ्यालबाट टाउको निकाल्दा ठोक्किएर एक छात्रको मृत्यु
काठमाडौँ । गुडिरहेको स्कुल बसको झ्यालबाट टाउको निकाल्दा होर्डिङ बोर्डमा ठोक्किएर एक छात्रको मृत्यु भएको छ । सुनकोसी गाउँपालिका–५ मूलकोट भोटेखोलाको पुलस्थित बीपी राजमार्ग सडकखण्डमा बुधबार रातामाटाबाट मुल्कोटतर्फ जाँदै गरेको स्कुल बसको झ्यालबाट टाउको निकाल्दा छात्रको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा प्रगतिशील माध्यमिक विद्यालय रातामाटामा कक्षा ९ मा अध्ययनरत रामेछाप खाडादेवी गाउँपालिका–३ का १४ वर्षीय रमिस श्रेष्ठ छन् ।
पुरा पढ्नुहॊस »विपीवाद खोज्दै सङ्ग्रहालय विराटनगर यात्रामा
काठमाडौं । विपी सङ्ग्रहालय समितिले विपीवादको खोजी गर्दै आजदेखि सुन्दरीजलबाट विराटनगरस्थित कोइराला निवाससम्म यात्रा शुरु गरेको छ । लोकतान्त्रिक मूल्यमान्यतालाई बलियो बनाउन विपीवादको खोजी गर्न दोस्रो चरणको यात्रा शुरु गरिएको सङ्ग्रहालय समितिका संस्थापक अध्यक्ष परशुराम पोखरेलले जानकारी दिउ । यात्रा जेठ ३२ गते सुन्दरीजलमै आएर समाप्त हुनेछ । यात्राका क्रममा सङ्ग्रहालयको माटो चाँदीको कचौरा एवं सिसाको फ्रेममा राखी लगिएको छ । सङ्ग्रहालयको तस्वीर पनि साथै लगिएको जनाइएको छ । बिहीबार …
पुरा पढ्नुहॊस »सरकार धर्मसंस्कृतिमाथि प्रहार गर्न उद्दत छः पौडेल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सरकारलाई गुठी विधेयक तत्काल फिर्ता लिन आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा युवा नेता पौडेलले संस्कृतिमाथि प्रहार गर्न उद्दत कम्युनिस्ट सरकारका विरुद्ध संगठित भएर लड्न अपिल पनि गरे । ‘‘गुठीसम्बन्धी विधेयक सरकारले तत्काल फिर्ता लिनुपर्दछ । कम्युनिस्ट सरकारले संस्कृतिमाथि प्रहार गर्ने कुचेण्टा गर्दैछ, यसका विरूद्ध संगठित भएर लड्न अपिल गर्दछु,’’ उनले भने । संविधानले धर्म, संस्कृति, …
पुरा पढ्नुहॊस »काठमाडौं उपत्यकामा ‘नाइट बस’ सञ्चालन गरिने
काठमाडौं । यातायात व्यवस्था विभागले असार एक गतेबाट काठमाडौं उपत्यकामा ‘नाइट बस’ सञ्चालनमा ल्याउने भएको छ । यात्रुको आवश्यकता र सेवा सुविधालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाभित्र रात्रिकालीन सार्वजनिक यातायात सञ्चालनमा ल्याउन लागेको विभागले जनाएको छ । विभागले केहीवर्ष अघि पनि रात्रिकालीन सवारी सञ्चालनमा ल्याएको भए पनि केही समयमै बन्द भएको थियो । विभागले हाल उपत्यकामा सञ्चालनमा रहेका बसलाई नै रातको समयमा सञ्चालन गर्ने तयारी गरेको हो । काठमाडौंमा आठ बजेसम्म …
पुरा पढ्नुहॊस »धनुषाधाम नगरपालिकामा बम विस्फोट
जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका परिसरमै बम विस्फोट भएको छ। बुधवार मध्य रातमा भएको बम विस्फोटबाट कार्यालयको पर्खाल भत्केको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी सेखर खनालका अनुसार विस्फोट कसले र किन गराएको विषयमा केहि खुल्न नसकेको जानकारी दिए। उनका अनुसार विस्फोटबाट सामान्य क्षति पुगेको छ। मानवीय क्षति भएको छैन्। कार्यालयमा प्रेसर कुकर बम विस्फोट गराएको घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय धनुषाधामका इन्सपेक्टर हिरणकुमार यादवले जानकारी दिए।
पुरा पढ्नुहॊस »