समाचार

अमेरिका जाने डीभी चिट्ठाको नतिजा आज (नतिजा हेर्ने तरिकासहित)

काठमाडाैँ । अमेरिकी डाइभर्सिटी भिसा अर्थात् ईडीभी २०२० को नतिजा आज सार्वजनिक हुँदैछ । गएको असोज १७ गतेदेखि  कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो । नतिजा https://www.dvlottery.state.gov/ मा गएर हेर्न सकिन्छ । डीभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।

पुरा पढ्नुहॊस »

नेपाली कांग्रेस जागरण अभियानमा, ७७ वटै जिल्लामा बुधवार एकसाथ उद्घाटन हुने

काठमाडौं । नेपाली कांग्रेसको भोलि (बुधवार) बाट शुरु हुने प्रथम चरणको एक महिने जागरण अभियानको ७७ वटै जिल्लामा एकसाथ उद्घाटन हुनेभएको छ । पार्टीको संगठन सुर्धान तथा सरकारको गलत क्रियाकलापको बारेमा भण्डाफोर गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले देशव्यापी जागरण अभियान सञ्चालन गर्न लागेको हो । तीन चरणमा गर्न लागिएको जागरण अभियानलाई जिल्ला, निर्वाचन क्षेत्र हुदै स्थानीय तह सम्म पु¥याउने भएको छ । हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण …

पुरा पढ्नुहॊस »

धनुषामा अपहरणमा परेका साढे २ वर्षीय बालकको घाँटी रेटेर हत्या

काठमाडौं । धनुषाको ढल्केवरमा सोमबार साँझ अपहरणमा परेका एक बालकको हत्या भएको छ। धनुषाको मिथिला नगरपालिका-६, ढल्केवरबाट सोमबार साढे २ वर्षका बालक बेपत्ता भएका थिए। सोमबार साझँ शम्भु साहका साढे २ वर्षीय छोरा आर्यन साह बेपत्ता भएका थिए। उनै बेपत्ता आर्यनको शव मंगलबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए। आर्यनको शव घर नजिकैको बारीमा फेला परेको छ। शवको प्रकृति निकै दर्दनाक देखिन्छ। आधा घाँटी काटेको …

पुरा पढ्नुहॊस »

साेमबारदेखि रमजान सुरु

काठमाडाैँ । इस्लाम धर्मावालम्बीहरुको पवित्र महिना रमजान सोमबारदेखि सुरु भएको छ । सोमबार रातिदेखि रमजानको विशेष नमाज (तराबी) सुरु भएको मुस्लिम अगुवा हाजी शकील अहमद कादरीले जानकारी दिनुभयो । सोमबार सूर्यास्तपछि रमजानुल महिना सुरु भएको हो । रमजानको रोजा भने मङ्गलबार बिहानदेखि सुरु हुनेछ । हिजरी सम्वतको ८ औंँ महिना रजबुल मुरज्जबको समाप्तीको भोलीपल्टदेखि रमजानुल मुबारकको महिना सुरु हुन्छ । अन्तिम दिन ईद मनाएपछि रमजान सकिन्छ । रमजानको महिनामा इस्लाम …

पुरा पढ्नुहॊस »

मानवीय गतिविधिको असरः १० लाख जनावर र बोटविरुवाको अस्तित्व संकटमा

काठमाडौं । संयुक्त राष्ट्रसंघको एउटा अध्ययनले पृथ्वीका करिब १० लाख जनावर र बोटविरुवाका प्रजाति लोप हुने खतरामा रहेको देखाएको छ । प्रतिवेदनले यसअघि कहिल्यै नसोचिएको गतिमा प्रकृतिमा ह्रास आइरहेको ठहर गरेको हो । मानिसका लागि चाहिने खाद्यान्न र उर्जाको माग अत्यधिक बढ्दा प्रकृतिमा रहेका १० लाख जनावर र बोटविरुवाको अस्तित्व संकटमा परेको प्रतिवेदनमा उल्लेख छ । जमिन, समुद्र तथा आकाशमा मानवीय गतिविधिको नराम्रो असर परेको प्रतिवेदनले ठहर गरेको हो । …

पुरा पढ्नुहॊस »

शिक्षक सरुवा फुकुवा

काठमाण्डाै । शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रले स्थायी शिक्षक पदस्थापनाका लागि गएको महिना रोक्का गरेको शिक्षक सरुवा फुकुवा गरेको छ । शिक्षक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धाबाट सफल शिक्षकको पदस्थापन हुन थालेपछि विभागले गएको चैत ११ मा सरुवा रोक्न निर्देशन दिएको थियो । विभागका महानिर्देशक बाबुराम पौडेलले आन्तरिकतर्फको पदस्थापन र अवकाशका कारण कतिपय विद्यालयमा शिक्षक व्यवस्थापन गर्न कठिनाइ भएको गुनासो आएपछि आइतबार सबै शिक्षा, विकास तथा समन्वय एकाइलाई पत्राचार गरी …

पुरा पढ्नुहॊस »

पिकअप भ्यानकाे ठक्करबाट दाङमा साइकल यात्रीकाे मृत्यु

काठमाडाैं । दाङकाे राप्ती गाउँपालिका-१, पाखापानीमा पिकअप भ्यानकाे ठक्करबाट साइकल यात्रीकाे मृत्यु भएकाे छ। पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेकाे भ्यानले आइतबार बेलुका ७ः३० बजेकाे समयमा साइकल यात्री राप्ती गाउँपालिका-१, माैरीघाट बस्ने अन्दाजी ३३ वर्षका गणेश घर्तीलाई ठक्कर दिएकाे थियाे। गम्भीर घाइते घर्तीलाई उपचारकाे लागि भालुवाङस्थित राप्ती पाेलिक्लिनिक लगिएकाे थियाे। त्यहाँ उपचार हुन नसकेपछि उनलाई लुम्बिनी अस्पताल बुटवल रेफर गरिएकाे थियाे। उनकाे उपचारकाे क्रममा राती १०ः३१ मा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता …

पुरा पढ्नुहॊस »

कपिलवस्तुमा सिकलसेलका कारण तीन जनाको मृत्यु

जीतपुर । पूर्वको नवलपरासीदेखि पश्चिम कैलालीसम्म तराईको थारु समुदायमा मात्रै देखिने सिकलसेल एनिमिया वाणगङ्गा नगरपलिकामा तीनजना बिरामी फेला परेका छन् । कपिलवस्तुको वाणगङ्गा नगरपलिकामा थारु समुदायको जनसङ्ख्या बढी छ । कुल जनसङ्ख्याको करीब ४५ प्रतिशत थारु समुदायको बसोवास रहेको नगरपालिकाको धनकौली, बोर्डगाउँ र चम्कीपुरमा एक/एकजना गरी तीनजना सिकलसेल एनिमियाबाट मृत्यु भएको नगरपलिकाको स्वास्थ्य शाखा प्रमुख कृष्ण घिमिरेले बताए । सिकलसेल एनिमिया उनीहरूको कोषमार्फत आफ्ना सन्तानमा सार्न सक्छन् । एनिमिया जीवाणु …

पुरा पढ्नुहॊस »

रक्सौल–काठमाडौं रेलमार्ग : भारतीय अधिकारीहरुद्धारा अध्ययन सुरु

काठमाडौं । केरुङदेखि काठमाडौंसम्म रेल ल्याउन चिनियाँ पक्षसँग छलफल भइरहेको बेला अर्को छिमेकी भारतका अधिकारीले रक्सौल–काठमाडौं रेलमार्गको अध्ययन थालेका छन् । काठमाडौंसम्म रेल ल्याउन दुई छिमेकी मुलुकको चासो देखिएपछि प्राविधिकले रेल चढ्ने नेपालीको सपना पुरा हुने अपेक्षा गरेका छन् । रेल विभागका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले केरुङ–काठमाडौं रेलमार्ग निर्माणबारे चिनियाँ पक्षसँग छलफल जारी रहेको बेला भारतीय अधिकारीहरुले रक्सौल–काठमाडौं रेलमार्ग निर्माणका लागि अध्ययन सुरु गरेको बताए । भारतीय अधिकारीहरुले काठमाडौं …

पुरा पढ्नुहॊस »

बाख्राको मासु खाँदा एकै गाउँका १५ जना बिरामी

डोटी । डाेटीकाे आदर्श गाउँपालिका १ मा बाख्राको मासु खाँदा भेलगडाका १५ जना बिरामी परेका छन् । सायल गाउँपालिकाका स्थानीय तथा नेता तेजबहादुर डुम्रेका अनुसार, शनिबार बाख्राको मासु खाँदा २ वर्षदेखि ४० वर्ष उमेरसम्मका मानिसहरु बिरामी परेका हुन् । बाख्राको मासु खाएर बिरामी परेकामध्ये १२ जनाको दिपायलको शैलेश्वरी अस्पताल र बाँकी तीन जनाको स्थानीय मौवा स्वास्थ्य चौकीमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले बताए । इलाका प्रहरी …

पुरा पढ्नुहॊस »