बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा आजदेखि घर निर्माण सुरु

काठमाण्डौ । नेपाली सेनाले बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा घर निर्माणको काम सुरु गरेको छ । बाराको फेटा गाउँपालिका-६ पुरैनियाका इजहार मियाँको घर शिलन्यास गरी काम सुरु भएको हो ।

उपप्रधान एवं रक्षा मन्त्री इश्वर पोखरेलले घर निर्माणको शिलान्यास गरे । उनले तत्काल आवासका लागि घर बनाउन लागे पनि सरकारले एकीकृत बस्तीको योजना ल्याउने बताए।

सेनाले साउनको मध्यसम्ममा सम्पन्न गर्ने गरी बारामा एक हजार ३ सय ६२ तथा पर्सामा ९१ वटा घर बनाउने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । बाराको पुरैनिया, भलुहीभरवलीया, हर्दिया, पर्सुरामपूर, तेलगाइ, बेनौली, रमपूर्वासहित १० ठाउँ र पर्साको चैनपुर र उदयपुरघुर्मीमा गरी १२ ठाउँमा एकैसाथ घर निर्माणका लागि काम सुरु गरिएको छ ।

छुट्टाछुट्टै ठाउँमा हुने शिलान्यासमा उपप्रधानमन्त्रीसहित सरकारका मन्त्री सहभागी रहेका नेपाली सेनाले जनाएको छ । गएको चैत १७ गते आएको हावाहुरीमा परेर २८ जनाको ज्यान जानुका साथै झण्डै २ हजार बढी घरमा क्षति पुगेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री