‘फानी’को असर : आइतबारसम्म वर्षा र हिमपात हुने, सतर्क रहन आग्रह

काठमाडौं । दुई दिनअघिसम्म चर्केको घामसहित राजधानीमा गर्मी बढेको महसुस भयो। चितवन, पोखरा लगायतका क्षेत्रमा दुईदिन अघि वर्षा र हुरी आएको थियो। बिहीबार साँझ भने राजधानी लगायतका क्षेत्रमा एक्कासि वर्षा र हुरी आयो।

 शुक्रबार बिहान खुलेको आकास १० बजेपछि हुरी र वर्षामा परिणत भयो। यो असर नेपालमा वर्षा भित्रिएको सङ्केत वा प्रिमनसुनको नभई बङ्गालको खाडीमा उत्पन्न भएको समुद्री आँधीको हो। पहाडी र अन्य क्षेत्रमा वर्षा र हुरी चल्ने भए पनि हिमाली भेगमा यसले असर गर्न सक्ने जोगिन मौसमविद्ले सुझाव दिएका छन्।

फानी नामक आँधीको बाह्य आवरणका बादल नेपालतिर सरेकाले सो क्षेत्रमा तीव्र हिमपातको अनुमान मौसमविज्ञले गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वमा आइतबारसम्म भारी वर्षा हुनेछ र हिमाली भेगमा हिमपात हुनेछ। पश्चिमी वायुको असर पनि यही बेला नेपालमा भित्रिदै गरेकाले त्यो क्षेत्रमा पनि बदली जारी रहनेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला नेतृत्वको कुरा संविधानमा मात्र सीमित रह्यो : सञ्चारमन्त्री गुरुङ (भिडिओ)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले महिला नेतृत्व विकासका लागि संविधानले …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds