काठमाडाैँ । देशको जनसंख्याभन्दा धेरै जमिनका टुक्रा पारिएका छन्। एक लाख ४७ हजार एक सय ८१ वर्गकिलोमिटर क्षेत्रफल भएको नेपालको जमिन गत वर्षसम्म ३ करोड ६३ लाख २१ हजार १ सय ९७ टुक्रामा कित्ताकाट गरिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ ।
जब कि देशको जनसंख्या ३ करोड ९० लाख मात्रै छ। यो खबर आजको नयाँ पत्रिकामा मुना कुवँरले लेखेकी छन्। गत आव मात्रै जमिन खण्डीकरण गरेर सात लाख २५ हजार नौ सय ५९ कित्ता थपिएका छन्। सरकारले दुई लाख २५ हजार नौ सय ४६ टुक्रा जमिनलाई भने खारेज गरेको छ।
विभागको तथ्यांकअनुसार बुटवल (रूपन्देही)को जमिन सबैभन्दा बढी खण्डीकरण गरिएको छ। गत आवसम्म बुटवलको जमिन ३३ लाख ४५ हजार तीन सय ६७ वटा कित्तामा विभाजन भइसकेको छ।
तपाईंको प्रतिकृया




