समाचार

हावाहुरी र असिनाले साढे पाँच करोडको क्षति

पोखरा । कतै फलेर बिक्री शुरु भइसकेको त कतै फल्नका लागि फूल खेल्ने क्रममा रहेका तरकारी बाली  । क्षणभरमा नै हावाहुरीसहितको असिनाले तरकारी बाली सखाप पारेपछि यतिखेर यहाँका कृषक चिन्तामा छन् । वैशाखमा बारम्बार आएको हावाहुरीसहितको असिनापानीले पोखराका  विभिन्न १० स्थानमा रु पाँच करोड ४९ लाख  ५० हजार बराबरको भौतिक संरचना एवं कृषकले लगाएको तरकारी बालीमा क्षति पुगेको छ । कृषि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजन (एकाइ) सुपरजोन (तरकारी) …

पुरा पढ्नुहॊस »

चर्चित रेडियोकर्मी सुरज श्रेष्ठको निधन

काठमाडौँ । चर्चित रेडियोकर्मी सुरज श्रेष्ठको निधन भएको छ । इमेज एफएममा कार्यरत श्रेष्ठको शुक्रबार राति उपचारको क्रममा ओम अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ४५ वर्षका उनी लामो समयदेखि मोर्टार न्यूरोन डिजिज (एमएनडी) बाट ग्रस्त थिए । श्रेष्ठ विक्रम संवत २०५६ सालदेखि इमेज एफएमको स्टेशन म्यानेजर रहेका थिए । गीतकार तथा संगीतकार रुपमा पनि आफ्नो पहिचान बनाएका उनले विभिन्न म्युजिक भिडियो निर्देशन समेत गरेका छन् । उनका …

पुरा पढ्नुहॊस »

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं । बझाङको जयपृथ्वी नगरपालिकामा जिप दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु भएको छ। जयपृथ्वी नगरपालिका–११ धामीलेकमा शुक्रबार बेलुका से१ज ७७६ नंको जिप दुर्घटना हुँदा सोही नगरपालिका–११ का स्थानीयवासी ३० वर्षीया भगवती जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ। जोशी चैनपुरबाट घर पुगेर जिपबाट ओर्लदा जिप पछाडि सरेपछि किचेर मृत्यु भएको स्थानीयवासीको आरोप छ। घटनाबारे थप अुनसन्धान भइरहेको र जिपका चालक भने दुर्घटनापछि फरार रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

पुरा पढ्नुहॊस »

पाँच बर्षसम्म बन्दी बनाएर बलात्कार

विराटनगर । अहिलेको समयमा पनि पाँच वर्षसम्म कोही कसैको बन्दी बन्न सक्छ? यस्तै भएको छ विराटनगर रानीकी ३६ वर्षीया एक महिलामाथि।  कान्तिपुर दैनिक मा समाचार छ, उनको विवाह २०५७ सालमा सर्लाहीको मलंगवामा भएको थियो। विवाहको दुई वर्षपछि २०५९ सालमा काखे छोरा र उनलाई छोडेर श्रीमान् विदेश गए। श्रीमन् विदेशमै रहेका वेला छिमेकी सुरेन्द्र महतोले घरमै आएर जबर्जस्ती गरे। आफ्नै घरमा लगेर पाँच वर्ष बन्दी बनाएर राखे। बन्दी अवस्थामै उनले छोरा …

पुरा पढ्नुहॊस »

हावाहुरी तथा मेघ गर्जनसहित पानी पर्ने सम्भावना

काठमाडौँ । देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा मेघ गर्जनसहित पार्नी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै हावाहुरी चल्ने सम्भावना पनि छ । स्थानीय वायुको प्रभाव र अरु मौसमी प्रणालीका कारण मौसम बदली हुने भएको हो । काठमाडौँ उपत्यकासहितका ठाउँमा बिहानैदेखि घाम लागे पनि दिउँसोतिर बदली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको बताइएको छ ।

पुरा पढ्नुहॊस »

साढे ११ हजार पदमा विज्ञापन गर्दै लोकसेवा

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदमध्ये ११ हजार ४९२ पदमा विज्ञापन गर्ने निश्चित भएको छ। बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती पदमा पदपूर्तिको आग्रह गर्दै लोकसेवा आयोगमा लिखित पत्र पठाएपछि आयोगलाई विज्ञापन गर्ने बाटो खुला भएको हो। राजधानी दैनिकका अनुसार हाल ७५३ वटा स्थानीय तहमा झण्डै १६ हजार कर्मचारी रिक्त छ। मन्त्रालयले सबै स्थानीय तहसँग रिक्त पदको विवरण माग गरेको थियो। त्यसरी माग गरेपछि …

पुरा पढ्नुहॊस »

टिपरको ठक्करले मोटरसाइकल चालकको मृत्यु

कपिलवस्तु । भैरहवा–लुम्बिनी–तौलिहवा सडकखण्ड अन्गर्गत कपिलवस्तु नगरपालिका ८ दोहनीचोकमा टिपरले ठक्कर दिँदा मोटरसाइकलका चालकको मृत्यु भएको छ। बिहीबार दिउँसो भैरहवाबाट तौलिहवा आउँदै गरेको लु १ ख ६१६८ नम्बरको टिपरले ठक्कर दिँदा विपरीत दिशातर्फ जाँदै गरेको लु २८ प ६१५४ नम्बरको मोटरसाइकलका चालक कपिलवस्तु ७ धरमपानीका बालजी धोबीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको  उपचारका क्रममा भैरहवास्थित मेडिकल कलेजमा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि आक्रोशित स्थानीयले टिपरमा …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीले जनतालाई होच्याएको हो : प्रकाशमान सिंह

नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंसदीय शब्द बोलेर विपक्षीलाई होच्याएको भनेका छन् । सांसदले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले ‘निम्छरो’ शब्द प्रयोग गरेकोमा उनले विपक्षी सांसदलाई मात्रै नभएर प्रधानमन्त्रीले जनतालाई होच्याएको नेता सिंहले वताएका छन् । नेता सिंहले ‘प्रधानमन्त्रीले गैरसंसदीय शब्दावली प्रयोग गर्ने ?, ‘विपक्षीलाई होच्याउनु भनेको जनतालाई होच्याउने हो। पदमा छु भनेर होच्याउन पाइँदैन।’’ काठमाडौंमा  राष्ट्रिय जागरण अभियानमा आयोजित कार्यक्रममा भने …

पुरा पढ्नुहॊस »

कालोपत्र नभएको भन्दै बौद्धमा सडक बन्द

साँखु । लामो समयदेखि निर्माणाधीन चावहिल-साँखु सडकखण्ड कालोपत्र नभएपछि मारमा परेका परेका बौद्ध व्यापार सङ्घ र स्थानीयवासीले यातायात अवरुद्ध पारेका छन् । पाँच सयको सङ्ख्यामा रहेका स्थानीयवासी तथा व्यापारीले बिहान ८ बजेदेखि गरेका साङ्केतिक विरोध कार्यक्रमका कारण सडकमा सवारी गुडेका छैनन । आन्दोलनमा उत्रिएका स्थानीयवासीको एउटै माग छ चावहिल–साँँखु सडकखण्ड तत्काल कालोपत्र गरी धुवाधुलोबाट मुक्त हुनपर्ने । सरकारले विसं २०७२ मा चावहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने …

पुरा पढ्नुहॊस »

कोलगेटले दाँत माझ्नुहुन्छ ? क्यान्सर लाग्न सक्छ, होस् गर्नुहोस्

काठमाडौं। टोक्सिकोलजी पत्रिकामा रासायनिक अनुसन्धान रिपोर्टले कोलगेटमा ट्राईक्लोसा नाम गरेको घातक पदार्थ भएको देखाएको छ। यस पदार्थले समग्र स्वास्थ्यमा असर गर्नुको साथै क्यान्सर पनि विकास गर्न सक्ने क्षमता रहेको अनुसन्धानमा खुलेको छ । टोक्सिकोलजी पत्रिकामा रासायनिक अनुसन्धानले भर्खरै प्रकाशित गरेको अध्ययन अनुसार ट्रिकोल्सानको उच्च मात्रामा प्रयोग हुँदा क्यान्सर लाग्ने कोशिकाहरु बढाउँदछ। यस अध्ययनले मात्र नभएर यस अगाडिको अध्ययनले पनि उक्त पदार्थ स्वास्थ्यको लागि हानिकारक रहेको पाईएको उल्लेख गरेको थियो । ट्रिक्लोसानले …

पुरा पढ्नुहॊस »