साेमबारदेखि रमजान सुरु

काठमाडाैँ । इस्लाम धर्मावालम्बीहरुको पवित्र महिना रमजान सोमबारदेखि सुरु भएको छ ।

सोमबार रातिदेखि रमजानको विशेष नमाज (तराबी) सुरु भएको मुस्लिम अगुवा हाजी शकील अहमद कादरीले जानकारी दिनुभयो ।

सोमबार सूर्यास्तपछि रमजानुल महिना सुरु भएको हो । रमजानको रोजा भने मङ्गलबार बिहानदेखि सुरु हुनेछ ।

हिजरी सम्वतको ८ औंँ महिना रजबुल मुरज्जबको समाप्तीको भोलीपल्टदेखि रमजानुल मुबारकको महिना सुरु हुन्छ । अन्तिम दिन ईद मनाएपछि रमजान सकिन्छ ।

रमजानको महिनामा इस्लाम धर्मावलम्बीहरु बिहान सूर्य उदाएदेखि सुर्यास्त नहुँदासम्म प्रत्येक दिन एक महिनासम्म केही नखाइ ब्रत बस्ने गर्छन् ।

हिजरी सम्वतको १२ महिनामध्ये रमजानुल मुबारक पवित्र र एवादत (उपासना) गर्ने महिनासमेत हो । रमजान महिनामा दिनभरीको रोजा समाप्त गर्ने बेलामा सामूहिक रुपमा बसेर खाने प्रचलन रहेको छ ।

ईदको अवसरमा इस्लाम समुदायको घरमा मिठामिठा परिकारहरु बनाएर खाने र खुवाउने प्रचलन छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री