कपिलवस्तुमा सिकलसेलका कारण तीन जनाको मृत्यु

जीतपुर । पूर्वको नवलपरासीदेखि पश्चिम कैलालीसम्म तराईको थारु समुदायमा मात्रै देखिने सिकलसेल एनिमिया वाणगङ्गा नगरपलिकामा तीनजना बिरामी फेला परेका छन् । कपिलवस्तुको वाणगङ्गा नगरपलिकामा थारु समुदायको जनसङ्ख्या बढी छ ।

कुल जनसङ्ख्याको करीब ४५ प्रतिशत थारु समुदायको बसोवास रहेको नगरपालिकाको धनकौली, बोर्डगाउँ र चम्कीपुरमा एक/एकजना गरी तीनजना सिकलसेल एनिमियाबाट मृत्यु भएको नगरपलिकाको स्वास्थ्य शाखा प्रमुख कृष्ण घिमिरेले बताए ।

सिकलसेल एनिमिया उनीहरूको कोषमार्फत आफ्ना सन्तानमा सार्न सक्छन् । एनिमिया जीवाणु रहेका पुरुष र महिलाबीच विवाह भएमा उनीहरूले जन्माउने सन्तान यस रोगबाट सङ्क्रमित हुने चिकित्सक बताउँछन् । वाणगङ्गा नगरपलिकाले गत आर्थिक वर्षमा सिकलसेल एनिमिया रोग नियन्त्रणका लागि रु तीन लाखको हाराहारीमा बजेट छुट्ट्याइएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समिति र संसदीय दलको बैठक आह्वान गरेको …

प्रतिकृया दिनुहॊस