पिकअप भ्यानकाे ठक्करबाट दाङमा साइकल यात्रीकाे मृत्यु

काठमाडाैं । दाङकाे राप्ती गाउँपालिका-१, पाखापानीमा पिकअप भ्यानकाे ठक्करबाट साइकल यात्रीकाे मृत्यु भएकाे छ।

पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेकाे भ्यानले आइतबार बेलुका ७ः३० बजेकाे समयमा साइकल यात्री राप्ती गाउँपालिका-१, माैरीघाट बस्ने अन्दाजी ३३ वर्षका गणेश घर्तीलाई ठक्कर दिएकाे थियाे।

गम्भीर घाइते घर्तीलाई उपचारकाे लागि भालुवाङस्थित राप्ती पाेलिक्लिनिक लगिएकाे थियाे। त्यहाँ उपचार हुन नसकेपछि उनलाई लुम्बिनी अस्पताल बुटवल रेफर गरिएकाे थियाे। उनकाे उपचारकाे क्रममा राती १०ः३१ मा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरिक्षक विनाेद विक्रम शाहले बताए।

मृतक घर्तीकाे शव लुम्बिनी अस्पतालमै राखिएकाे छ। सवारी र सवारी चालक प्रहरीकाे नियन्त्रणमा छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पर्यटन बोर्ड सीईओ छनोट कार्य रोक्ने अन्तरिम आदेशलाई दियो उच्च अदालतले निरन्तरता

काठमाडौँ । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटसम्बन्धी कुनै पनि …

प्रतिकृया दिनुहॊस