नेपाली कांग्रेस जागरण अभियानमा, ७७ वटै जिल्लामा बुधवार एकसाथ उद्घाटन हुने

काठमाडौं । नेपाली कांग्रेसको भोलि (बुधवार) बाट शुरु हुने प्रथम चरणको एक महिने जागरण अभियानको ७७ वटै जिल्लामा एकसाथ उद्घाटन हुनेभएको छ । पार्टीको संगठन सुर्धान तथा सरकारको गलत क्रियाकलापको बारेमा भण्डाफोर गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले देशव्यापी जागरण अभियान सञ्चालन गर्न लागेको हो । तीन चरणमा गर्न लागिएको जागरण अभियानलाई जिल्ला, निर्वाचन क्षेत्र हुदै स्थानीय तह सम्म पु¥याउने भएको छ ।

हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत पहिलो चरण अन्तर्गत एकमहिने जागरण अभियान वैशाख २५ गते शुरु भई जेठ २५ गते सकिने छ । कांग्रेसले तीन चरणमा देशव्यापी जागरण अभियान सञ्चालन गर्दैछ । दोस्रो चरणको अभियान भदौं २४ बाट असोज ७ गते सम्म १५ दिन चल्ने छ । तेस्रो चरणको अभियान भने पुस ७ बाट पुस १६ सम्म १० दिन सञ्चालन हुनेछ । काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने जागरण अभियानलाई प्रभावकारी बनाउन ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि खटिसकेका छन् ।

यो जागरण अभियानलाई काग्रेसले नेपाली राजनीतिमा एकै एक स्वरुपको पहिलो कार्यक्रम भएको पनि जनाएको छ । स्वदेश लगाएत विदेशका ३३ देशमा समेत एकैपटक यो कार्यक्रम आयोजना गरिएको प्रवक्ता शर्माले जानकारी दिए । पहिलो चरणको जागरण अभियान जिल्ला केन्द्रित हुने छ भने दोस्रो चरणमा प्रदेशको ३ सय ३० निर्वाचन क्षेत्र केन्द्रित हुनेछ । तेस्रो चरणको जागरण अभियान भने ७ सय ५३ गाउँ नगर केन्द्रित हुने काग्रेसले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस