हुम्ला । अविरल वर्षासँगै आएको पहिरोले विद्युत् गृह बगाउँदा हुम्लाको सकेगार्ड गाउँपालिका वडा नम्बर २ रिपगाउँका चार सय घरधुरीमा विद्युत् सेवा अबरुद्ध भएको छ । विद्युत् आपूर्ति बन्द भएपछि स्वास्थ्य चौकी र विद्यालयसमेत प्रभावित भएका छन् । पहिरोले रिप गाड लघु जलविद्युत् आयोजनाको पावर हाउस भत्काएपछि स्थानीय बासिन्दा सेवाबाट वञ्चित भएका हुन् । पहिरोले विद्युत् गृहको मेसिनमा समेत क्षति पुगेको छ । तीन वर्षअघि निर्माण सम्पन्न भएको १६ किलोवाट क्षमताको …
पुरा पढ्नुहॊस »अवैध यौनधन्दा सञ्चालनको आरोपमा १० जना पक्राउ
नवलपरासी । अवैध यौनधन्दा सञ्चालन गरेको आरोपमा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानीबाट होटल सञ्चालकसहित १० जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा होटल सञ्चालक रहेश कोइरालासहित ६ जना पुरुष र ४ जना महिला रहेको प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए। पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भैरहेको बताइएको छ। पूर्वपश्चिम राजमार्गको नजिकै रहेको न्यु शीतलपाटी स्टाफ होटल एण्ड लजबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला …
पुरा पढ्नुहॊस »गुल्मीमा पहिरो : मृत्यु हुनेको संख्या १० पुग्यो, दुईजना बेपत्ता
काठमाडाैँ । गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेकाे संख्या १० पुगेकाे छ । दुई जना हराइरहेका छन् । पहिरोले घरहरु बगाउँदा सत्यवती गाउँपालिका वडा नम्बर ३ मा २ जना र ४ मा ८ जनाको मृत्यु भएको हो । वडा नम्बर चार भिरकुनामा गाउँमाथिबाट आएको पहिरोले घर पुरिदा निर्मला विक (३२), पम्फा विक (२९), अञ्जली विक (१२), हिमांशु विक (५), छली विक (७०), सिवानी विक (९), तारा विका (९) र …
पुरा पढ्नुहॊस »गुल्मीमा पहिरो, ६ जनाको मृत्यु
गुल्मी । सोमबारदेखि परेको अबिरल बर्षाका कारण गुल्मीमा ६ जनको मृत्यु भएको छ। राति घरमा भल पसी स्थानीय तिल बहादुर त्रामुकी ३० बर्षीय तिलकुमारी त्रामू , उनका छोरा बर्ष १० का दर्शन त्रामुको मृत्यु भएको स्थानीय जित बहादुर त्रामुले जानकारी दिए। यस्तै उनकी १२ बर्षीया छोरी करिष्मा र १४ बर्षकी छोरी धनी त्रामु घाइते भएको स्थानीयले बताएका छन्। पानी परीराखेकाले उपचारमा लैजानका लागि समस्या परेको छ। यस्तै सत्यावती गाउँपालिका वडा …
पुरा पढ्नुहॊस »रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा सोमबार साँझ एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुष रहेका छन् । नारायणगढबाट रामनगरतर्फ जाँदै गरेको ना४२प ४९२९ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई भाग्ने क्रममा भित्री सडकमा रोकिराखेको ना५ख २२४६ नम्बरको ट्रकमा ठोक्किन पुगेको थियो । ट्रकमा मोटरसाइकल ठक्कर खाएर घाइते भएका चालकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो …
पुरा पढ्नुहॊस »जापानी भाषा सिक्न यस्तो छ मापदण्ड, जापान सरकारले पठायो पत्र
काठमाडौं । तपाई जापान जाने तयारीका लागि भाषा सिक्दै हुनुहुन्छ ? त्यसो हो भने केही समय पर्खनूस् । अब जापान गएर एक महिने तालिम नलिएको शिक्षकसँग जापानी भाषाको तालिम लिए त्यो व्यर्थै हुने छ । जापानको रोजगारीलाई लक्ष्य गरी नेपालमा सयौंको संख्यामा जापानी भाषा सिकाउने तालिम केन्द्र खुलेका छन् । जथाभावी खुलेका यस्ता तालिम केन्द्रले राम्रोसँग भाषा नसिकाउने र भविष्यमा आफूलाई समस्या पर्न सक्ने भन्दै जापान सरकारले नेपालका लागि आफैंले …
पुरा पढ्नुहॊस »मनसुन थप सक्रिय, बाढी र पहिरोको खतरा
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका पूर्व तथा मध्यका थोरै स्थानहरुमा साथै पश्चिमका एक दुई स्थानमा आगामी २४ घण्टा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । त्यसले गर्दा ती क्षेत्रका पहाडी भूभागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने भएकोले सतर्कता अपनाउन समेत पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । बाढी पूर्वानुमान महाशाखाले निकालेको छुट्टै बुलेटिनमा आज इलाम, झापा, मोरङ्ग, सुनसरी, चितवन, …
पुरा पढ्नुहॊस »‘प्रचण्डले बीपीलाई चिनेको भए १७ हजार नेपाली मारिने थिएनन्’
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यदि राजाले बेलैमा बीपी चिनेको भए आजकाे दिनमा उज्यालो नहुँदै नागार्जुनको जंगलमा ह्विस्की पिउँदै बस्नुपर्ने अवस्था राजसंस्थाको नआउने वताएका छन् । बीपी स्मृति दिवसको अवसरमा अाज सहिद स्मृति प्रतिष्ठानले आयोजना गरेको बीपीको विचार तथा वर्तमान राजनीतिक अवस्था विषयक विचार गोष्ठी तथा सहिद स्मारिका विमोचन कार्यक्रममा उनले धारणा राखेका हुन् । यसैवीच शर्माले भने, “बीपीले राजा र मेरो गर्धन जोडिएको छ भन्दा उहाँलाई मृत्युदण्डको …
पुरा पढ्नुहॊस »नारायण जनता माध्यमिक विद्यालयका छात्राले पाए साइकल
सर्लाही । प्रदेश २ सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत जिल्लाको एक विद्यालयका छात्रालाई एक–एक थान साइकल वितरण गरिएको छ। ईश्वरपुर नगरपालिका–६, बयलवासमा रहेको नारायण जनता माध्यमिक विद्यालयका कक्षा–८ मा अध्ययनरत १२७ जना छात्रालाई शनिबार साइकल वितरण गरिएको हो। प्रतिनिधिसभा सदस्य प्रमोद साह र प्रदेशसभा सदस्य नीराकुमारी साहको आतिथ्यतामा छात्राहरुलाई साइकल वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगतनारायण श्रेष्ठले जानकारी दिए। अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मै बाँड्नुपर्ने भए पनि प्रदेश …
पुरा पढ्नुहॊस »जापान रोजगारका लागि भाषा र सीप परीक्षा कात्तिकमा हुने
काठमाडौं । जापान रोजगारका लागि यही अक्टोबर २७ र २८ मा भाषा परीक्षा हुने भएको छ । पहिलो चरणमा केयर गिभरका लागि कामदार लैजान लागिएकाले उनीहरुका लागि भाषा परीक्षा गर्न लागिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । त्यसपछि सीप परीक्षा हुनेछ । सीप परीक्षा नोभेम्बर ६ र ७ मा हुने मन्त्रालयले जनाएको छ । भाषा परीक्षा उत्तीर्ण भएकाहरु मात्र सीप परीक्षाका लागि योग्य हुनेछन् । सीप परीक्षा उत्तीर्ण भएको …
पुरा पढ्नुहॊस »