समाचार

गौशालाबाट रंगेहात समातिए प्रहरीका दुई सई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको गौशालाबाट दुई जना नेपाल प्रहरीका नायव निरीक्षक (सई)लाई  घुसको रकमसहित रंगेहात पक्राउ गरेको छ। पक्राउ पर्नेमा महानगरीय प्रहरी प्रभाग गौशालामा कार्यरत सईद्वय रेशम पाण्डे र राजु स्वर्णकार रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए। उनले भने ‘गौशाला आसपासबाट १८ हजार घुससहित दुई प्रहरीका असईलाई बुधबार साँझ समातेका छौं, केबेरपछि सबै डिटेल सार्वजनिक गर्नेछौं।  पक्राउ परेका उनीहरुमाथि अख्तियारले अनुसन्धान सुरु …

पुरा पढ्नुहॊस »

गुल्मी पहिरो अपडेट : १३ जनाकै शव फेला

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकामा गएको पहिरोमा पुरिएका सबैको शव निकालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बिहीबार बिहान एकजनाको शव निकालिएसँगै पुरिएका सबै १३ जनाको शव फेला परेको हो । गएको सोमबार राति पहिरो जाँदा १३ जना बेपत्ता भएका थिए । सबै १३ जनाको शव फेला परेको र उनीहरुको पहिचान गरी अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाइएको गुल्मी प्रहरीका रवीन्द्र खड्काले जानकारी दिए ।

पुरा पढ्नुहॊस »

आगामी २४ घण्टा पश्चिम तराईका केही स्थानमा भारी वर्षा हुने, सतर्क रहन आग्रह

काठमाडौं । आगामी तीन दिन मुख्य र मझौला नदीमा वहाव सतर्कता तह भन्दा तलै रहने जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, पर्सा, बारा, नवलपुर, परासी, कैलाली, कञ्चनपुर, दाङलगायतका जिल्लाका चुरेबाट बहने केही ससाना नदीमा आकष्मिक बहावको सम्भावना रहेको र तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । अहिले देशका अधिकांश भूभागहरुमा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानहरुमा …

पुरा पढ्नुहॊस »

नदीमा डुबेर कैलालीमा दुईजनाको मृत्यु

मुक्तिनाथ देवघाट (News)

धनगढी । कैलालीमा नदीमा डुबेर दुई जनाको मृत्यु भएकाे छ।  लम्किचुहा नगरपालिका–६ गुलरा स्थित चरेला नदीमा डुबेर १५ वर्षीया कल्पना चौधरीको मृत्यु भएकाे कैलाली प्रहरीले जनाएकाे छ। त्यस्तै कैलालीको घोडाघोडी नगरपालिका–१ बेलार स्थित सुक्तिकाँडा नदीमा डुबेर एक किशोर मुत्यु भएको छ। केहि दिन अघि दैलेखबाट फुपुलाई भेट्न घोडाघोडी आएका १६ वर्षीय नवराज न्यौपानेको साथिसँग नुहाउन गएका उनकाे  मृत्यु भएकाे इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षका राज जोशीले जानकारी दिए।

पुरा पढ्नुहॊस »

विप्लवप्रति सरकारी नीति ‘नियन्त्रण पनि वार्ता पनि’

काठमाडाैँ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता र नियन्त्रण दुवै नीति अख्तियार गर्दै अघि बढेको छ । मुलुकको विखण्डनको माग गर्दै आएका सीके राउतलाई समेत पहिले नियन्त्रण र पछि वार्ताको नीतिबाट नै राजनीतिक मूलधारमा ल्याउन सफल भएको निष्कर्षसहित सरकारले विप्लव समूहलाई समेत सोही नीतिबाट भए पनि मूलधारमा ल्याउन सकिने निष्कर्ष निकालेको स्रोतले जनाएको हो । गृहमन्त्री रामबहादुर थापाले मंगलबार गृहमन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको अन्तक्र्रियामा समेत विप्लव समूहलाई नियन्त्रण …

पुरा पढ्नुहॊस »

कालोसूचीको मारमा वाइडबडी, २८ देशमा उड्न पाउँदैनन् नेपाली जहाज

काठमाडाैँ । नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी युरोपियन युनियनको कालोसूचीको मारमा परेका छन् ।  कालोसूचीबाट नहटाउँदा वाइडबडीले पूर्ण क्षमतामा उडान गर्न सकेका छैनन् ।  यसले निगमलाई करिब दुई अर्ब घाटा भइसकेको छ । राष्ट्रिय ध्वजाबाहक निगमले एक वर्षअगाडि भित्र्याएको एयरबसको ए३३०–२०० वाइडबडीले पूर्ण क्षमतामा उडान गर्न सकेका छैनन् ।  नेपालका कुनै पनि जहाजलाई आफ्नो क्षेत्रमा उडान भर्न गरेको निषेधको सिको ईयूबाहेक अन्य मुलुकले पनि गरेका छन् । दक्षिण कोरियाले युरोपियन …

पुरा पढ्नुहॊस »

गुल्मीमा पहिरो : पुरिएर ज्यान गुमाउनको संख्या १२ पुग्याे, एक जना अझै बेपत्ता

गुल्मी । गुल्मीकाे सत्यवती गाउँपालिकामा सोमबार राति गएको पहिरोमा पुरिएर ज्यान गुमाउनको संख्या १२ पुगेको छ । पहिरोमा पुरिएर बेपत्ता भएका १३ जनामध्ये बिहीबार बिहानसम्म १२ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले जानकारी दिए । पहिरोमा पुरिएकी लिम्घाकी ८ वर्षीय तारा विक भने अझै बेपत्ता छिन् । पहिरोमा पुरिएर घाइते भएका सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेककी १३ वर्षीया धनी तरामु र १० वर्षीया करिश्मा तरामुको उपचारको लागि …

पुरा पढ्नुहॊस »

विराटनगरमा निःशुल्क वाइफाई सेवा सुरू

विराटनगर । विराटनगर महानगरपालिकाले बुधबारदेखि नगर क्षेत्रका १४ स्थानमा निःशुल्क वाईफाई सेवा सञ्चालन गरेको छ । वल्र्ड लिङ्क प्रालि र महानगरपालिकाबीचको सम्झौतामा सो सेवा सञ्चालन गरिएको हो । पहिलो चरणमा कञ्चनबारी, पुष्पलाल चोक, खारजी, ठूलोमिल चोक, प्रादेशिक अस्पताल(कोशी), मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, विद्युत् प्राधिकरण(भृकुटी चोक), विराटनगर विमानस्थल, बसपार्क, जिल्ला प्रशासन कार्यालय मोरङ, बरगाछी, हनुमान मन्दिर(मेनरोड) र ट्राफिक चोकमा वाइफाई सेवा सुरु गरिएको छ । जडान गरिएका वाइफाईले प्रत्येक स्थानमा …

पुरा पढ्नुहॊस »

बुधबार र बिहीवार देशभर भारी वर्षाको सम्भावना, शतर्क रहन आग्रह

काठमाडौं- आज र भोलि देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले वताएकाे छ । मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको र बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा तथा स्थानीय वायूको प्रभावले पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । महाशाखाले हिजाे मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्नेक्रममा अाज देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा हुने जानकारी …

पुरा पढ्नुहॊस »

हेटौडामा मोटरसाइकल र सुमो ठोक्किँदा २ जनाको मृत्यु

काठमाडाैँ ।  हेटौडामा  सवारी दुर्घटनाहुँदा  २ जनाको मृत्यु भएको छ । बाराबाट हेटौडातर्फ आइरहेको भारतीय नम्बरको ट्रकसँग  मोटरसाइकल, एक अटो र एक टाटा सुमो ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने  पाँच जना घाइते भएका छन् । घाइतेहरुको हेटौडा अस्पतालमा उपचार भइरहेको प्रहरीले  जनाएको छ । दुर्घटनामा परी  मृत्यु भएको सनाखत हुन सकेको छैन् ।

पुरा पढ्नुहॊस »