रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा सोमबार साँझ एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुष रहेका छन् ।

नारायणगढबाट रामनगरतर्फ जाँदै गरेको ना४२प ४९२९ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई भाग्ने क्रममा भित्री सडकमा रोकिराखेको ना५ख २२४६ नम्बरको ट्रकमा ठोक्किन पुगेको थियो । ट्रकमा मोटरसाइकल ठक्कर खाएर घाइते भएका चालकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

पैदलयात्री भरतपुर महानगरपालिका वडा नं १ बस्ने ५० वर्षीय ओमप्रसाद भुषाललाई सो मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट भुषाल सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल र ट्रक प्रहरीको नियन्त्रणमा छन् भने ट्रकका चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुनसकेको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस