काठमाडौं । नेपाल विद्यार्थी संघले निर्मलालाई न्याय भन्दै राजधानीमा प्रर्दशन गरेको छ। कंचनपुरकी निर्मला पन्तको गत वर्ष साउन १० गते बलात्कार पछि हत्या भएको थियो। एक वर्ष सम्म पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले शुक्रबार राजधानीको माईतीघर मण्डलामा प्रर्दशन गरेको हो। ‘निर्मलाले न्याय कहिले पाउँछिन् सरकार’ लेखिएको प्ले कार्ड बोकेका प्रर्दशनकारीले निर्मलाका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाविरुद्ध नाराबाजी गरेका थिए। निर्मला हत्याको एक बर्ष भईसक्दा …
पुरा पढ्नुहॊस »पूर्वमन्त्री सिंहको निधन
लहान । पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन भएको छ। सप्तरीको राजविराज नगरपालिका निवासी उनको शुक्रबार बिहान ६ बजे आफ्नै निवासमा निधन भएको हो। विसं १९८९ असोजमा जन्मिएका उच्च रक्तचापबाट पीडित ८७ वर्षीय सिंह विसं २०१९ देखि २०४६ सम्म पटक–पटक सूचना तथा सञ्चार, भौतिक योजना तथा यातायात र उद्योग तथा वाणिज्यमन्त्री भएका थिए। मुलुकमा प्रजातन्त्र स्थापना भएपछि पूर्वमन्त्री सिंहले सक्रिय राजनीति छोडेर समान्य जीवन बिताइरहेका थिए। सिंहका दुई छोरा र छोरी छन्। …
पुरा पढ्नुहॊस »समयमै उपचार नपाउँदा सुत्केरीको मृत्यु, आफन्तद्वारा प्रदर्शन
बेत्रावती । त्रिशूली जिल्ला अस्पतालमा सुत्केरी भएकी एक महिलाको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको छ । बुधबार अस्पताल भर्ना भएकी नुवाकोटको तारकेश्वर गाउँपालिका–५ की ३५ वर्षीया गोमा वस्तीले बिहीबार बिहान सामान्य अवस्थामा छोरा जन्माएको र सुत्केरीपश्चात अत्यधिक रक्तश्रावको कारण बिहीबार मृत्यु भएको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रेमकुमार राईले जानकारी दिए । बच्चा जन्माउँदा खुला भएको उनको पाठेघर बन्द नभई अत्यधिक रक्तश्रावले जोखिममा परेपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँको शिक्षण अस्पताल …
पुरा पढ्नुहॊस »‘पूर्वराजाको रअ’ प्रमुखसँग भेट भएको छैन’
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह र भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुखबीच भेटवार्ता भएको भन्ने समाचार प्रति शाहको सचिवालयले खण्डन गरेको छ। शाहका स्वकीय सचिव डा फणिराज पाठकद्वारा जारी विज्ञप्तीमा भनिएको छ। पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट मध्यरातमा भारतिय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई भेटेको भन्ने केही अनलाईन पत्रिकाहरूमा छापिएका खबर पूर्णतया झूठो भएको जानकारी गराउन चाहान्छु। यस्ता कपोलकल्पित, मनगढन्ते र राष्ट्रको गरिमा घटाउने समाचारहरूले नेपाल र नेपालीको …
पुरा पढ्नुहॊस »निर्मला हत्याकाण्डकाे एक वर्ष पूरा, अनुसन्धान प्रगति शून्य
कञ्चनपुर । साथीको घरमा गृहकार्य गर्न गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पूरा भएको छ । पन्तको २०७५ साल साउन १० गते हत्या भएको थियो । हत्या भएको एक वर्षसम्म अपराधी पत्ता लाग्न सकेको छैन । एक वर्षको अनुसन्धान प्रगति हेर्दा शून्य देखिन्छ । घटनाको केन्द्रीय अनुसन्धान ब्युरो, सीआईबीसहित एक दर्जन टोलीले अनुसन्धान गरिसकेका छन् । अनुसन्धानकै क्रममा झण्डै एक सयभन्दा बढीको डीएनए परीक्षण …
पुरा पढ्नुहॊस »खोल्सामा खसेका युवकको चार दिनपछि सकुशल उद्धार
पोखरा । चार दिनदेखि खोल्सामा खसेका एक युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । पोखरा–१७ स्थित छोरेपाटन बस्ने १६ वर्षीय अञ्जन सुनारलाई उद्धार गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ । माछा मार्ने क्रममा चार दिन पहिले खोल्सामा खसेका उनी पोखरा–१७ स्थित डेबिटफल्स र फुस्रेखोलाको दोभान खोल्सामा अड्केको अवस्थामा रहेको थियो । स्थानीयमार्फत जानकारीप्राप्त हुनासाथ सशस्त्र प्रहरी गण पोखराका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टको नेतृत्वमा खटिएका उद्धार टोलीले उनको …
पुरा पढ्नुहॊस »मनसुनपछिको विपदबाट १११ जनाको मृत्यु , ४० बेपत्ता
काठमाडौँ । मनसुनपछिको विपद्का कारण मुलुकभर १११ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपद्मा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन् । यस्तै बाढीबाट रौतहटमा १० जनाले ज्यान गुमाएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिए । उनका अनुसार अहिलेसम्म सबैभन्दा बढी बाढीबाट ५८ जनाले ज्यान गुमाएका छन् …
पुरा पढ्नुहॊस »खेत जोत्दै गर्दा ट्याक्टरले किचेर चालकको मृत्यु
काठमाडौं । मोरङको जहदा गाउँपालिका.१ मा खेत जोत्दै गरेको ट्याक्टर पल्टिएर १ जनाको मृत्यु भएको छ । को २ त ९०४६ नम्बरको ट्याक्टरले किचेर चालक ४१ वर्षीय दीपक सरवरियाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहॊस »शुक्लाफाँटामा चोरी सिकार शून्य
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जासुसी क्यामेरा जडान गरिएपछि चोरी सिकार शून्य भएको छ । निकुञ्जका चोरी सिकार हुनसक्ने सम्भावित दुई दर्जन बढी ठाउँमा क्यामेरा राखिएका छन् । “गत वर्ष क्यामेराकै सहायताले चोरी सिकारमा संलग्न तीन जनालाई समात्न सकेका थियौँ”, निकुञ्जका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले भने, “क्यामेराको प्रभावकारिताका कारण यस वर्ष चोरी सिकारका मुद्दा शून्यमा झरेका छन् ।” निकुञ्जमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्नका लागि क्यामेरामा कैद भएका तस्वीरका …
पुरा पढ्नुहॊस »लोकमार्गभरि हिलो र पहिरोको सास्ती
पर्वत । यहाँका दुई लोकमार्गमा वर्षायाम शुरु भएदेखि नै हिलो र पहिरोको सास्ती बढेको छ । मध्यपहाडी (पुष्पलाल) लोकमार्ग धवलागिरिवासीको ‘लाइफलाइन’ सडक हो तर यतिबेला यही सडक धवलागिरिका चार जिल्लावासीका लागि धराप बनेको छ । त्यस्तै अर्को राष्ट्रिय गौरवको योजना कालीगण्डकी लोकमार्गमा पनि उस्तै अवस्था छ । गत १४ महीनायता पर्वतको मालढुङ्गादेखि कास्कीको विन्ध्यवासिनीसम्मको करीब ६५ किलोमिटर दूरीको यो सडक स्तरोन्नतिको चरणमा छ । स्तरोन्नतिका क्रममा सडक फराकिलो पार्न खनिएको …
पुरा पढ्नुहॊस »