काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यदि राजाले बेलैमा बीपी चिनेको भए आजकाे दिनमा उज्यालो नहुँदै नागार्जुनको जंगलमा ह्विस्की पिउँदै बस्नुपर्ने अवस्था राजसंस्थाको नआउने वताएका छन् । बीपी स्मृति दिवसको अवसरमा अाज सहिद स्मृति प्रतिष्ठानले आयोजना गरेको बीपीको विचार तथा वर्तमान राजनीतिक अवस्था विषयक विचार गोष्ठी तथा सहिद स्मारिका विमोचन कार्यक्रममा उनले धारणा राखेका हुन् । 
यसैवीच शर्माले भने, “बीपीले राजा र मेरो गर्धन जोडिएको छ भन्दा उहाँलाई मृत्युदण्डको माग भयो, तर याे हाल अाएर सार्थक भएको छ भन्दै शर्माले राजाले उहाँको भनाइ बुझेको भए अहिले राजसंस्था समाप्त नहुने वताए ।
४० वर्ष मार्क्सवाद बोकेर हिँडेका बाबुरामले ४० वर्षपछि गलत रहेछ भन्ने बुझेका छन् भन्दै प्रवक्ता शर्माले यति धेरै विद्धान मान्छेलाई ४० वर्ष लाग्यो मार्क्सवाद गलत हो भन्ने बुझ्न ।” विचार ब्यक्त गरे । यसाे चन्दै उनले कांग्रेसले पनि बीपीलाई चिन्न नसकेको उनले स्वीकार गरे ।




