काठमाडाैँ । प्रहरीले सिरहाका छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागुऔषधसहित तीन युवक पक्राउ गरेको छ। सिरहाको नवराजपुर गाउँपालिका-३ बाट प्रहरीले लागुऔषधसहित लहान नगरपालिका-२ का २५ वर्षीय मोहम्द छटु मियाँ र २३ वर्षीय मोहम्द अमिर मियाँलाई पक्राउ गरेको हो। प्रहरी चौकी झाझपट्टीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूका साथबाट डाइजिल्याव ५५ एम्पुल, नोफिन ५५ एम्पुल, फेनरागन ५५ एम्पुल बरामद भएको सिरहा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी …
पुरा पढ्नुहॊस »आज यी ठाउँमा छ बाढीकाे सम्भावना ?
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज मेची, बिरिङ्ग, निन्दालगायत झापा,मोरङ्ग, सुनसरी, इलामबाट बहने साना नदीहरु केहीमा वहाव सतर्कता तहसम्म पुग्न सक्ने जनाएको छ । बाढीमा सतर्कता अपनाउन सो महाशाखाले जारी गरेको बुलेटिनमा सुदूर पश्चिम, गण्डकी प्रदेश, प्रदेश ३, २ र १ को पहाडी र चुरेबाट बहने केही ससाना नदीहरुमा समेत आकष्मिक वहाव हुने सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन आग्रह गरिएको छ । यसैबीच पर्यटकीय शहर …
पुरा पढ्नुहॊस »करेन्ट लागेर अछाममा एक जनाको मृत्यु
अछाम । करेन्ट लागेर अछाममा एक जनाको ज्यान गएको छ । कमलबजार नगरपालिका–६ वीरपथको डुप्के कुणेला भन्ने ठाउमा आइतबार साँझ स्थानीय नरजित जनालाका १८ वर्षीय छोरा विकाश जनालाको करेन्ट लागेर ज्यान गएको हो । रोपाइँ सकेर घर आउने क्रममा विद्युतको पोल नजिक गोरु ढलेपछि के भयो भनेर त्यहाँ गएका विकाश एक्कासी ढलेको घटनाका प्रत्यक्षदर्शीले बताए । बिजेलीको पोल नजिक बगिरहेको पानीमा बिजुली प्रवाह भएको र विकाशलाई करेन्ट लागेको अनुमान गरिएको …
पुरा पढ्नुहॊस »छात्रालाई धम्की दिएर त्रिविका उपप्रध्यापकद्वारा यौन दुव्र्यवहार
काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयका एक उपप्रध्यापकमाथि छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । शिक्षाशास्त्र संकायअन्तर्गत अर्थशास्त्र गणित विषय पढाउने उपप्रध्यापक जगदिश मूर्ति कोइरालामाथि यस्तो आरोप लागेको हो । उनीविरुद्ध त्रिवि शिक्षाशास्त्र केन्द्रीय विभाग र महानगरीय प्रहरी परिसर कीर्तिपुरमा उजुरी परेको छ । उजुरीकर्ता छात्रा स्नातकोत्तर तह तेस्रो समेस्टरमा पढिरहेकी छिन् । कोइरालाले पहिलो सेमेस्टरदेखि नै आफूलाई भेटेमात्र परीक्षामा उत्तीर्ण हुने अन्यथा पढाइ नै बिगारिदिने धम्की दिएको उजुरीकर्ता छात्राले आरोप …
पुरा पढ्नुहॊस »पूर्वराजा ज्ञानेन्द्रले किन नमनाउने भए जन्मोत्सव ?
काठमाडाैा । पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष जन्मोत्सव नमनाउने भएका छन् । आफन्तहरुको निधन भएको कारण देखाउँदै उहाँले यस वर्ष जन्मोत्सव नमनाउने भएको निर्मल निवास स्रोतले जनाएको छ । हरेक वर्ष तामझामका साथ जन्मोत्सव मनाउने गर्नुभएका पूर्वराजा ज्ञानेन्द्रले आफन्त प्रभाकर शमशेर राणा, प्रबल शमशेर राणालगायतको निधन भएपछि जन्मोत्सव स्थगित भएको निर्मल निवास स्रोतले जानकारी दिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
पुरा पढ्नुहॊस »पेट्रोलियम पाइप लाइन : अगस्तबाट तेल ल्याउने तयारी
काठमाडौँ । मोतीहारी–अमलेखगन्ज पाइप लाइनबाट अगस्तदेखि तेल ल्याउने तयारी छ । पाइप लाइनको पहिलो चरणअन्तर्गत पाइप गाड्ने, मुख्य लाइन टेस्टिङ, पाइप क्लिनिङलगायत काम सकिएको छ । नेपाल आयल निगमका निर्देशक वीरेन्द्र गोइतका अनुसनर अहिले तेल ल्याउन टेस्टिङको तयारी भइरहेको छ । अटोमेटिक उपकरण सञ्चालन गर्न गाडिएको केबल टेस्टिङको काम भइरहेको उनले बताए । भारतको मोतीहारीमा पम्पिङ हाउस निर्माण नहुँदासम्मका लागि भारतको पटना–सिवान–मोतीहारी हुँदै सिधा अमलेखगन्ज तेल भित्र्याउने काम अघि बढेको …
पुरा पढ्नुहॊस »कांग्रेस बैठकमा एजेन्डा मात्र पेस, २७ गते छलफल हुने
काठमाडाैँ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक एजेण्डा मात्र पेश गरी सम्पन्न भएको छ । बैठकमा नियमावली मस्यौदा, संघीय संरचना अनुसारको संरचना निर्माण, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुलाई पुर्णता दिने, पहिलो चरणको जागरण अभियानको समीक्षा गर्ने, राष्ट्रिय राजनीतिको विकसित घटनाक्रम लगायत १४ वटा एजेण्डा माथि छलफल गरिने भएको छ । आइतवार साझ ढिलो गरी शुरु भएको बैठक अब २७ गते बस्ने भएको छ । हिजो अपरान्ह दुई बजे बोलाइएको बैठक पदाधिकारी …
पुरा पढ्नुहॊस »काठमाडौंबाट चीनको छाङ्सा सीधा हवाई उडान हुने
काठमाडौ । काठमाडौंबाट चीनको हुनान प्रान्तको राजधानी छाङ्सामा सीधा हवाई उडान हुने भएको छ। हुनान एयरपोर्ट व्यबस्थापन समूह कम्पनी लिमिटेडकी उप–महाप्रबन्धक हुआङ योङफाङले दिएको जानकारी अनुसार अब हप्ताको दुई पटक काठमाडौँ–छाङ्सा सीधा उडान हुने भएको हो। यसअघि हुनानको छाङ्सा जानको लागि छन्तु, खुनमिङ वा अन्य एयरपोर्ट प्रयोग गर्नु पर्ने बाध्यता थियो। सीधा उडान नभएकोले नेपाल र हुनानबीच पर्यटक आदानप्रदान हुन नसकिरहेको उल्लेख गर्दै अब धेरै भन्दा धेरै पर्यटक आउजाउ गर्ने उप–महाप्रबन्धक …
पुरा पढ्नुहॊस »भाेटेकोशीको बाढीले २ जना बगायो, एक घाइते
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ मा निर्माणधिन शीवश्री हाइड्रोपावरमा कार्यरत दुई जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन्। शनिबार रातिको अविरल बर्षापछि भाेटेकोशी नदीमा आएको बाढीले बगाउँदा उनीहरु बेपत्ता भएको जिल्ला प्रहरी कार्यलयका डिएपी माधव काफ्लेले बताए। प्रहरी घटनास्थलतर्फ जाँदै गरेको र यसबारेमा थप विवरण आउँन बाँकी रहको प्रहरीले जनाएको छ।
पुरा पढ्नुहॊस »एसईई पूरक परीक्षाको समय तालिका परिवर्तन, कुन विषयको कहिले ?
काठमाडौं । परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन गरेको छ। २०७५ चैतमा सञ्चालित कक्षा १० परीक्षामा नियमित समूहतर्फ सहभागी भई सी वा त्योभन्दा कम ग्रेड पाएका विद्यार्थीले आफूले चाहेको दुई विषयसम्म परीक्षा दिन पाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ। बढीमा दुई विषयको परीक्षामा अनुपस्थित तथा ग्रेड उल्लेख नभएका विद्यार्थीले पनि परीक्षा दिन पाउने उल्लेख छ। त्यसका लागि साउन १० भित्र फाराम भर्न …
पुरा पढ्नुहॊस »