अवैध यौनधन्दा सञ्चालनको आरोपमा १० जना पक्राउ

नवलपरासी । अवैध यौनधन्दा सञ्चालन गरेको आरोपमा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानीबाट होटल सञ्चालकसहित १० जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा होटल सञ्चालक रहेश कोइरालासहित ६ जना पुरुष र ४ जना महिला रहेको प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।

पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भैरहेको बताइएको छ। पूर्वपश्चिम राजमार्गको नजिकै रहेको न्यु शीतलपाटी स्टाफ होटल एण्ड लजबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। लामो समयदेखि होटलमा यौन धन्दा सञ्चालन हुँदै आएको सूचनाको आधारमा सोमबार छापा मारेको प्रहरीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सभामुख कम्बोडिया गएका बेला संसद्का सचिवले दिए राजीनामा

काठमाडौं । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन् । अधिकारीले राष्ट्रपति रामचन्द्र …

प्रतिकृया दिनुहॊस