चितवन । भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा आगलागी र तोडफोड गरेका छन् । क्याम्पस प्रमुख गोविन्द सापकोटाका अनुसार आगजनीबाट सहायक क्याम्पस प्रमुखहरु बस्दै आएको कर्सी, र टेबुल पूर्णरुपमा नष्ट हुनाका साथै कोठामा रहेका दराज, झ्यालका सिसा पनि तोडफोड गरिएको छ । बिहान ९ बजे क्याम्पस परिसरमा आएका विद्यार्थीहरुको समूहले आगजनी गरेको हो । आगजनीका कारण भएको क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एकनारायण …
पुरा पढ्नुहॊस »पुल बनेपछि डेढ घण्टाको बाटो दुई मिनेटमै
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नं २ फापरखेत र बागलुङ जिल्लाको बागलुङ नगरपालिका ५ चनौटे जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि दुवै जिल्लाका वासिन्दाले डेढ घण्टा पैदल हिडेर पुग्नु पर्ने ठाउँमा अव दुई मिनेटमा नै पुग्न सक्ने भएका छन्। बागलुङको मालिका र म्याग्दीको ज्यामरुककोटको साँध (सिमाना) मा बग्ने ठूलो खोलामाथि सन्टेशन ग्रिड डिभिजन कार्यालय ललितपुरको झोलुङ्गे पुल कार्यक्रम अन्तर्गत सो पुल निर्माण गरिएको हो। १ करोड ३९ लाखको लागतमा निर्माण …
पुरा पढ्नुहॊस »रोकियो महिला बन्दीगृहको निर्माण
तनहुँ । जिल्लाका कारागार तनहुँ परिसरभित्रै निर्माणाधीन महिला बन्दीगृहको काम रोकिएको छ। बन्दीगृह निर्माणका क्रममा सम्झौतामा नभएका अत्यावश्यक संरचना थप गर्नुपर्ने भएपछि निर्माण रोकिएको जिल्ला आयोजना कार्यान्वयन इकाइ भवन गोरखाले जनाएको छ। गत जेठ मसान्तसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने बन्दीगृहको परिमार्जित संरचना निर्माण गर्नका लागि म्याद थपको माग गर्दै निर्माणको काम स्थगित गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाइ भवन गोरखाका प्रमुख सुनिता श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार बन्दीगृह निर्माणका क्रममा कडा सजाय …
पुरा पढ्नुहॊस »बाजुरामा जीप दुर्घटना, ३ जनाको मृत्यु, ११ घाइते
काठमाडौं । बाजुराको जगन्नाथ गाउँपालिका –५ भुवाखोलामा जिप दुर्घटना भएको छ। कोल्टीको पिलुचौरबाट कालिकोटको जितेगडा जाँदै गरेको प १ ज २१ नम्मरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी ३ जनाको मृत्यु बाजुरका प्रहरी प्रमुख उद्धवसिंह भाटले जानकारी दिए। घटनामा ११ जना घाइते भएका छन्। जीपमा सवार १५ जना मध्ये २ जना सकुसल रहेको प्रहरीले जनाएको छ। जीप उकालोमा चढ्न नसकेर कर्णाली करिडोरको सडकबाट ५० मिटर तल खसेको बताएको …
पुरा पढ्नुहॊस »तरकारीको मूल्य अनियन्त्रित भएसँगै बिहानै कालीमाटी र बल्खुमा अनुगमन
काठमाडाैँ । सरकारले काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अस्वभाविकरूपमा वृद्धि भएको जनगुनासो आएसँगै कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृतको नेतृत्वमा आज बिहानै ४ बजेदेखि उक्त तरकारी बजारको अनुगमन गरिएको हो । अनुगमनका लागि दुई टोली खटिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए । राजधानीमा रहेका ठूला तरकारी बजारमा नियमित तरकारीको आपूर्ति भइरहे पनि अस्वभाविकरूपमा मूल्यवृद्धि भएको पाइएकाले अनुगमन …
पुरा पढ्नुहॊस »नागरिक लगानी कोषको बाह्य कारोबार एक साताका लागि बन्द
काठमाडौं । नागरिक लगानी कोषको बाह्य कारोबार एक साताका लागि बन्द भएको छ । सर्भरमा सुधार गर्नु पर्ने भन्दै कोषले आगामी ८ गतेसम्मका लागि बाह्य कारोबार बन्द गरेको हो । शुक्रबार सार्वजनिक सूचना जारी गर्दै कोषले निजामती, नेपाली सेना, शिक्षक, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीहरुका लागि सञ्चालित बीमा कार्यक्रममा केही सुधार गर्नुपर्ने भएकाले बन्द गर्नु परेको जनाएको छ । बीमाबाहेकका अन्य काम भने निरन्तर हुने कोषले जनाएको छ …
पुरा पढ्नुहॊस »धनगढी विष्फोटमा घाइते विप्लव माओवादीका लडाकूको मृत्यु
काठमाडौँ । कैलालीको धनगढीमा शक्तिशाली बम विष्फोट हुँदा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ । विष्फोटमा घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको कैलालीका प्रहरी प्रमुख सुदीप गिरीले जानकारी दिए । विष्फोटमा घाइते भएका अन्यको उपचार भइरहेको छ । बिहीबार साँझ शहीदगेट नजिकैकौ निलम होटलमा विष्फोट हुँदा पाँच जना घाइते भएका थिए । विस्फोटमा परी घाइते हुनेमा होटल सञ्चालक केशवराज पाण्डे, जितेन्द्र …
पुरा पढ्नुहॊस »एकै वर्ष विदेश पढ्न जान्छन् ६३ हजार, अस्ट्रेलिया जानेको संख्या सर्वाधिक
काठमाडाैँ । नेपालबाट आर्थिक वर्ष २०७५–२०७६ मा नो अब्जेक्सन लेटर (एनओसी) लिने विद्यार्थीको संख्या ६३ हजार २ सय ५९ पुगको छ । सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या घट्दैगएको दाबी गरेतापनि आर्थिक वर्ष २०७४–२०७५ को तुलानमा गत वर्ष ५ हजार विद्यार्थीको संख्या बढेको हो । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले दिएको तथ्याङकअनुसार गत वर्ष अष्ट्रेलियामा ‘नो अब्जेक्सन’ लिने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ । असार मसान्तसम्म अष्ट्रेलिया अध्ययन …
पुरा पढ्नुहॊस »ज्वाइँले गरे आफ्नै सासूको हत्या
अर्घाखाँची ।अर्घाखाँचीको सितगंगा नगरपालिकामा ज्वाइँले आफ्नै सासूको हत्या गरेका छन्।दाङ जिल्ला राप्ति गाउँपालिका घर भएका २९ वर्षीय वसन्त कुमालले ससुराली आएका बेला अर्घाखाँची सितगंगा ८ सातमारा बस्ने सासू ४३ वर्षीय इन्द्रा कुमालको घाँटीमा डोरीले कसेर हत्यागरेका छन्। सासू र ज्वाइँबीच झगडा हुँदा रिसको झोकमा घाँटीमा डोरीले कसेर हत्या गरेपछि भान्सा कोठामा बारेको बाँसको चिरपटमा सासूलाई झुन्डाएका थिए। प्रहरीका अनुसार सासूको हत्यापछि अभियुक्त कुमालले सासू झुन्डिएको भन्दै गाउँलेलाई बोलाएका थिए। घटनास्थलमा गाउँले …
पुरा पढ्नुहॊस »तत्काल प्यान दर्ता र बैंक मार्फत तलब भुक्तानी गर्ने सकिँदैनःमहासंघ
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले तत्काल प्यान दर्ता गरी बैंक मार्फत तलब भुक्तानी गर्ने व्यवस्था लागु गर्ने अवस्था नरहेको भन्दै थप समय उपलब्ध गराउन आग्रह गरेको छ । आर्थिक वर्ष २०७६। ७७ देखि निजी क्षेत्रमा काम गर्ने सबै कर्मचारी र मजदुरहरुलाई समेत अनिवार्य प्यान दर्ता गरी बैंक मार्फत तलव भुक्तानी गर्ने व्यवस्था लघु, घरेलु तथा साना उद्योगमा तत्काल लागु गर्ने अवस्था नरहेको महासंघले जनाएको छ । साथै …
पुरा पढ्नुहॊस »