उदयपुर । उदयपुरका २ छुट्टाछुटै स्थानमा जंगली च्याउ खाएर ३ परिवारका १२ जना बिरामी भएका छन्। त्रियुगा नगरपालिका-९ राजावासमा १ परिवारका ५ जना र कटारी नगरपालिका-४ सिसाघारीका दुई परिवारका ७ जना बिरामी भएका हुन्। शनिबार दिउँसो १ बजेको समयमा जंगली विषालु च्याउ खाएर राजावासका ४० वर्षीय चित्रबहादुर दनुवार, निजकी श्रीमती ३८ वर्षीया फुलमाया दनुवार, निजका छोरा वर्ष २० का अनिश दनुवार, ११ वर्षीय मनिस दनुवार र १७ वर्षीया छोरी रविना दनुवार बिरामी परेका हुन्। यसैगरी …
पुरा पढ्नुहॊस »प्रहरीको आचरण सुधार्न आईजीपीको ‘मार्सल टिम’
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरीको आचरण सुधार र कमजोरी गरेको पाइए आवश्यक कारवाही गर्नका लागि गोप्य ‘मार्सल टिम’ गठन गरेका छन् । प्रहरीका हरेक कार्य पारदर्शी रुपमा भए–नभएको अध्ययन र आवश्यक कारवाही सिफारिसका लागि गोप्य टिम गठन गरिएको हो । टोलीलाई प्रहरी नियमावली विपरीत काम गरे–नगरेको अनुगमन गर्ने र आचरण विपरीतको काम गरेको पाइए कारबाहीको सिफारिस गर्ने अधिकार दिइएको आईजीपी सचिवालयका एक अधिकारीले बताए । उनका अनुसार …
पुरा पढ्नुहॊस »सोलुखुम्बुमा भाइको कुटाइबाट दाइको मृत्यु
सोलुखुम्बु । सोलुखुम्बुमा भाइको कुटाइबाट दाइको ज्यान गएको छ । थुलुङदुधकोशी गाउँपालिका–९ लोखिममा दाजुभाइबीच झगडा हुँदा २७ वर्षका भाइ किरण राईको कुटाइबाट ४४ वर्षका दाजु जयप्रकाश राईको शनिबार राति ज्यान गएको हो । घरमा आमासँगै बस्दै आएका दाजुभाइबीच झगडा भएको थियो । झगडा के कारणले भयो भन्नेबारे पत्ता लाग्न सकेको छैन । भाइ किरणलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
पुरा पढ्नुहॊस »भाले, अण्डा र घ्यू बोकेर सुत्केरीको घरमा गाउँपालिका अध्यक्ष
पर्वत । यहाँको एक गाउँपालिकाले आर्थिक वर्ष शुरु भएको एक साता पनि नबित्दै गाउँसभामा नीति तथा कार्यक्रम पारित गरिएको निर्णय कार्यान्वयन शुरु गरेको छ। पर्वतको महाशिला गाउँपालिकाले सुत्केरी महिला भेट्नका लागि ‘अध्यक्ष कोशेली कार्यक्रम’ आर्थिक वर्षको शुरुआतबाटै सुत्केरी भएका महिलाका घर–घरमा पुगेर कोशेली वितरण शुरु गरेको हो। गाउँपालिका अध्यक्ष राजु पौडेलले शुक्रबार पहिलोपटक महाशिला–५ लुङ्खु आहाले निवासी सुत्केरी गुडिया सुनारसँग भेटघाट गरेका हुन्। अध्यक्ष पौडेल, उपाध्यक्ष, हीरादेवी राना, स्वास्थ्यकर्मी र …
पुरा पढ्नुहॊस »माछा मार्न गएका दुई किशोर तमोर नदीमा बगेर बेपत्ता
पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङका दुई किशोर तमोर नदीमा बगेर बेपत्ता भएका छन् । माछा मार्न गएका जीवन सुहाङ र सन्दिप सेवाँ तमोरमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । छिमेकी जिल्ला तेह्रथुमको आठराई गाउँपालिकास्थित सिमखर्क भन्ने स्थानमा पाहुना गएका उनीहरु स्थानीय दुई जना साथीसँग माछा मार्न तमोर नदी गएका थिए । उनीहरुको खोजी कार्य जारी रहेको तर फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहॊस »विप्लवका उपत्यका ब्युरो इन्चार्ज माइला लामा पक्राउ
काठमाडौं । सरकारसँग वार्ताको पहल भइरहेका बेला प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पक्राउ गरेको छ। विप्लवनिकट श्रोतका अनुसार लामालाई प्रहरीको एक टोलीले राजधानीको काँडाघारीबाट पक्राउ गरेको हो। विप्वलवपक्षले यसको पुष्टि गरेको छ । महानगरीय अपराध महाशाखाका प्रमुख सहकुल थापाले लामा पक्राउको पुष्टि गर्दै उनलाई काँडाघारीबाट शनिबार राति १२ बजे हिरासतमा लिइएको बताए। प्रहरीले लामासँगै विप्लवका अर्का कार्यकर्ता रेशम तामाङलाई पनि हिरासतमा …
पुरा पढ्नुहॊस »बालुवाटारमा पूर्वएमालेको छुट्टै बैठक
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) को एकता प्रक्रिया अन्तिम चरणमा पुगेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वएमालेबाट सचिवालय सदस्य रहेकाहरुको छुट्टै बैठक बसेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलको शनिबार साँझ छुट्टै बैठक बसेको हो । ओलीले पूर्वएमालेका नेताहरुलाई छुट्टाछट्टै भेट गरेपछि शनिबार साँझ पार्टी सचिवालयमा प्रतिनिधित्व गर्ने …
पुरा पढ्नुहॊस »वृद्धभत्ता माग्न गएका जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र !
काठमाडाैँ । जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र ! सुन्दा अनौठो लाग्न सक्छ । तर दैलेख भगवतीमाई गाउँपालिकामा यस्तै भएको छ । वृद्धभत्ता लिन पुगेका मनिराम खत्री र उनकी श्रीमती ज्योतिकला खत्रीलाई गाउँपालिकाले नै मृत्यु भइसकेको भन्दै प्रमाणपत्र थमाएको छ । कर्मचारीको लापरबाहीका कारण जीवित व्यक्तिलाई मृत्युको प्रमाणपत्र दिइएको हो। गत असार १० गते ती दम्पतीलाई गाउँपालिकाले मृत्यु दर्ताको प्रमाणपत्र थमाएको थियो । लेखपढ नगरेका खत्री दम्पतीले उक्त प्रमाणपत्र के को हो …
पुरा पढ्नुहॊस »काठमाडौंमा मेट्रो रेल : सञ्चालनका लागि हुँदै छ यस्तो तयारी
काठमाडौं । सरकारले संघीय राजधानीमा मेट्रो रेल्वे निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपीआर) तयार पार्न कम्पनी छनोट प्रक्रिया अघि बढाएको छ । सम्भाब्यता अध्ययनबाट पहिलो चरणमा बुढानिलकण्ठदेखि सातदोबाटोसम्म २२ किलो मिटर लामो रेल्वे आर्थिक रुपमा फाइदाजनक हुने प्रतिवेदन आएपछि रेल विभागले डीपीआर तयार पार्न कम्पनी छनोट प्रक्रिया थालेको हो । विभागले डिपीआर तयार पार्न इच्छुक कम्पनीहरुसित प्रस्ताव(आरएफपी) मागेको थियो । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार २० कम्पनीले प्रस्तव (आरएफपी) हालेका थिए …
पुरा पढ्नुहॊस »खाल्डोमा डुब्दा दुई बालिकाको मृत्यु
रौतहट । बाढीको पानी जमेको खाल्डोमा डुबेर रौतहटमा दुईजना बालिकाको ज्यान गएको छ । देवाही गोनाही नगरपालिकामा रहेको बाधको खाल्डोमा डुब्दा बालिकाको ज्यान गएको प्रहरीले वताएकाे छ । देवाही गोनाही नगरपालिका-५ को लालबकैया नदी भन्दा उतर पूर्वतिर रहेको बाँधको खाल्डोमा जमेको पानीमा नुहाउन पसेकी ८ वर्षीया निरुता कुमारी र पिन्की कुमारीको ज्यान गएको हाे ।
पुरा पढ्नुहॊस »