गुल्मीमा पहिरो, ६ जनाको मृत्यु

गुल्मी । सोमबारदेखि परेको अबिरल बर्षाका कारण गुल्मीमा ६ जनको मृत्यु भएको छ।  राति घरमा भल पसी स्थानीय तिल बहादुर त्रामुकी ३० बर्षीय तिलकुमारी त्रामू , उनका छोरा बर्ष १० का दर्शन त्रामुको मृत्यु भएको स्थानीय जित बहादुर त्रामुले जानकारी दिए। यस्तै उनकी १२ बर्षीया छोरी करिष्मा र १४ बर्षकी छोरी धनी त्रामु घाइते भएको स्थानीयले बताएका छन्।

पानी परीराखेकाले उपचारमा लैजानका लागि समस्या परेको छ। यस्तै सत्यावती गाउँपालिका वडा नं ४ लिम्घामा ४ घर बगाउदा चार जनाको शब फेला परेको र गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले जानकारी दिए। शबको पहिचान हुन सकेको छैन।  चार घरमा कति जना थिए र अन्यको अबस्थाको बारेमा नखुलेको ढकालले बताए।

उद्धारका लागी स्थानीयको टोली लागेको र प्रहरीको टोली पनि पुग्न लागेको उनले बताए ।  यस्तै सत्यावती गाउँपालिका वडा नं ३  मा रुद्ध बहादुर बिकको घर पहिरोले बगाएको छ। राति घर बगाउदा  रुद्धबहादुर बिक र उनकी आमा घरमा भएको आशंका गरिएको छ। उनीहरु बेपता रहेको स्थानीयहरुले बताएको खोजी कार्य जारी रहेको बताईएको छ। अबिरल बर्षा भईरहेका कारण प्रहरीको टोली त्य तर्फ पुग्न सकेको छैन बाटोमा पहिरो गएका कारण पनि घटनास्थलमा जान समय लागेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री