गुल्मी । गुल्मीको थापचौरमा घर भत्किँदा एक बालकको ज्यान गएको छ । ५ जना घाइते भएका छन् । कालिगण्डकी गाउँपालिका– ७ को थापचौरमा लगातारको वर्षाका कारण घर भत्किँदा १३ वर्षका चुन्ने परियारको ज्यान गएको प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले जानकारी दिए । राति २ बजेतिर घर भत्किएको र अहिले प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गइरहेको उनले जानकारी दिए ।
पुरा पढ्नुहॊस »तरकारीको मूल्यमा व्यापारीको मनोमानी, दुई सय प्रतिशतसम्म मूल्यवृद्धि
काठमाडौं । केहिदिन यता तरकारीको मूल्य अस्वाभाविक रुपमा बढेको छ । व्यापारीले तरकारीको मूल्य आफूखुसी बढाएका छन्। दुई साताको बीचमा तरकारीको मूल्य दोब्बरले वृद्धि हुँदा पनि नियमनकारी निकाय भने मौन बसेको छ । गत वर्ष प्रतिकेजी ३० देखि ४० रुपैयाँ पर्ने हरियो तरकारीको अहिले दोब्बर मूल्यवृद्धि भएर प्रतिकेजी १ सय ५० रुपैयाँसम्म पुगेको छ । गोलभेंडाको बजार मूल्य प्रतिकेजी १ सय ३० रुपैयाँसम्म पुगेको छ । हरियो तरकारीको बजार मूल्य …
पुरा पढ्नुहॊस »देशभर सवारीसाधन दुर्घटनामा वृद्धि
काठमाडौं । देशभर सवारीसाधन खरिद बढेसँगै दुर्घटनामा समेत वृद्धि भएको छ । आर्थिक वर्ष २०७५/७६ मा देशभर सवारीसाधन दुर्घटनामा दुई हजार ७८९ जनाको मृत्यु भएको छ । सो अवधिमा १३ हजार ३६६ सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनामा चार हजार ३७६ जना गम्भीर घाइते तथा १० हजार ३६० व्यक्ति सामान्य घाइते भएका थिए । प्रहरी प्रवक्ता एवम प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार आव २०७४/७५ को तुलनामा आव २०७५/७६ मा …
पुरा पढ्नुहॊस »भरुवा बन्दुकसहित दुई जना पक्राउ
मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–७ जनजागृति सामुदायिक वनबाट शुक्रबार साँझ दुई थान भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार अस्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिका प्रतिनिधिसहितको टोलीले गस्ती गर्ने क्रममा कानेपोखरी गाउँपालिका–५ जहदाका २६ वर्षीय धनकेशर राई र उर्लाबारी नगरपालिका–४ का ४४ वर्षीय शम्भु गहतराजको साथबाट भरुवा बन्दुक बरामद गरेको हो । दुबै जनालाई इलाका …
पुरा पढ्नुहॊस »करेन्ट लागेर बाबु–छोराको मृत्यु
जनकपुरधाम । धनुषाकोे कमला नगरपालिका–१ मंगराहा गाउँमा करेन्ट लागेर बुवा–छोराको मृत्यु भएको छ। खेतमा काम गर्न गएका बेला ४५ वर्षीय राजेन्द्र मण्डल र उनका २२ वर्षीय छोरा धमेन्द्रको करेन्ट लागेर मृत्यु भएको हो। करेन्ट लागेर घाइते भएका उनीहरुलाई जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय शहीदनगर यदुकुहाले जनाएको छ। बिजुलको तार खेतमा खसेकाले करेन्ट लागेको स्थानीय सुरेन्द्र मण्डलले जानकारी दिए। उनका अनुसार दुवै जनाको …
पुरा पढ्नुहॊस »बसको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको कोटेश्वरमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शनिबार बिहान बा ४ ख ३२५८ नम्बरको बसले कोटेश्वरमा बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाईते भएका उनको उपचारको क्रममा विहान ६ बजेतिर मिनभवस्थित सिभिल अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।
पुरा पढ्नुहॊस »प्रदेश ३ का कांग्रेस सांसदको पाँच दिनको तलबभत्ता बाढीपीडितलाई
हेटौंडा । नेपाली कांग्रेस प्रदेश ३ प्रदेशसभाका सांसदहरुले पाँच दिनको तलब बाढीपीडितलाई दिर्ने भएका छन्। कांग्रेस प्रदेश ३ सांसदीय दलले उक्त निर्णय गरेको हो। कांग्रेस प्रदेश ३ संसदीय दलले शुक्रबार विज्ञप्ती जारी गर्दै आफ्ना २१ जना सांसदको पाँच दिनको सेवा सुविधा बाढीपहिरो र डुबानबाट प्रभावितलाई वितरण गर्न राहत स्वरुप प्रदेश सरकारलाई उपलब्ध गराउने जनाएको छ। नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलका नेता इन्द्रबहादुर बानियाँद्वारा हस्ताक्षरित विज्ञप्तिमा बाढीपहिरो र डुबानबाट मृत्यु …
पुरा पढ्नुहॊस »चिनियाँ हवाइसेवा नेपालमा केन्द्रित, सातामा ९८ उडान पुर्याइने
काठमाडौं । चिनियाँ हवाइसेवा नेपालमा केन्द्रित हुन थालेको छ। चीनबाट सातामा ७० वटा उडान गर्ने पाँच वर्षअगाडिको समझदारीलाई अद्यावधिक गरेर सातामा ९८ पुर्याइएको छ। चीनबाट सातामा ७० उडान हुने सन्न २०१४ को समझदारीमा उल्लेख छ। अहिले भने सातामा ५६ उडान हुँदै आएका छन्। समझदारीमा हस्ताक्षर भएको पाँच वर्षमा नेपालले चीनमा एउटै उडान गर्न सकेको छैन। अहिले भने सातामा ५६ उडान हुँदै आएका छन्। समझदारीमा हस्ताक्षर भएको पाँच वर्षमा नेपालले चीनमा …
पुरा पढ्नुहॊस »जावलाखेलकाे तरकारी बजारमा डोजर चल्यो,भत्काइयाे ५२ टहरा
काठमाडौं । ललितपुरको जावलाखेलस्थित तरकारी बजारमा सरकारले डोजर चलाएको छ । स्टाफ कलेज नजिक सडक किनारमा बनाइएका ५२ वटा टहराहरु डोजर लगाएर भत्काइएको हो । डोजर लगाउनुअघि जिल्ला प्रशासन कार्यालयले दिएको तीन दिनको समयभित्र पसलवालाले आफ्ना सबै सामान सारिसकेका थिए । सार्वजनिक जग्गा ओगटेर अव्यवस्थित तरिकाले पसलहरु खोलिएका कारण उक्त भत्काइयाेको हो । जिल्ला प्रशासनकै आदेशमा डोजर लगाएर ती टहरा भत्काइएको प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताए । ती टहराहरुबाट …
पुरा पढ्नुहॊस »चितवनमा बस र ट्रक ठोक्किदाँ १५ जना घाइते
चितवन । बस र ट्रक आपसमा ठोक्कीदा चितवनमा १५ जना घाइते भएका छन्। शुक्रबार विहान पौने ९ बजे भएको सो दुर्घटनाका घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पुथ्वी राजमार्ग अन्तर्गत मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ६०५८ नम्बरको बस र विपरित दिसाबाट गईरहेको ना ६ ख २८९५ नम्बरको ट्रक ईच्छाकामना गाउपालिका ४ लेवाटारमा ठोक्किँदा बसका यात्रुहरु घाइते भएका हुन्। बसमा ३२ जना सवार रहेकोमा …
पुरा पढ्नुहॊस »