समाचार

विद्यार्थीद्धारा ‘सुसाइड’ नोट लेखेर आत्महत्या

कञ्चनपुर । कञ्चनपुरमा एकजना विद्यार्थीले शिक्षकका नाममा ‘सुसाइड’ नोट लेखेर आत्महत्या गरेका छन् । महेन्द्रनगरमा रहेको लिटिल बुद्ध एकेडेमीमा १२ कक्षामा अध्ययनरत भीमदत्त नगरपालिका–३ भाँसीका १६ वर्षीय सुरज लेखकले सुसाइड नोट लेखेर आत्महत्या गरेका हुन् । उनले सुसाइड नोटमा हरिलाल जोशी एलबिए प्लस टु कोअर्डिनेटर ‘मर्नुको कारण’ भनेर उल्लेख गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी गणेश बमले घरको कोठामा झुण्डिएर आत्महत्या गरेको र कोठाबाटै सुसाइड नोट बरामद भएको …

पुरा पढ्नुहॊस »

गण्डकी प्रदेशमा भित्रिए तीन लाख पर्यटक

कास्की । गण्डकी प्रदेशमा एक वर्षमा २ लाख ९८ हजार ९७५ विदेशी पर्यटक प्रवेश गरेको तथ्याङ्क सङ्कलन भएको छ। प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा पोखरा र आसपासका जिल्लामा प्रवेश गरेका पर्यटकको विवरण सङ्कलनबाट सो तथ्याङ्क प्राप्त भएको जनाएको छ।  यसअघि पोखरामा कति पर्यटक आउँछन् भन्ने आधिकारिक तथ्याङ्क कहीँ कतै थिएन। नेपाल आएका करिब ४० प्रतिशत पर्यटक पोखरा आउँछन् भन्ने पर्यटनसंवद्ध व्यक्ति एवं संस्थाहरुले अनुमान …

पुरा पढ्नुहॊस »

बाढीपहिरोबाट ३८ जना अझै बेपत्ता

काठमाडौं । मनसुन सक्रिय भएसँगै गत असार र साउन पहिलो साता परेको वर्षापछि आएको बाढीपहिरोमा परेका ३८ जना अझै बेपत्ता छन् । बाढीपहिरो र डुबानमा परी आजसम्म ११७ जनाले ज्यान गुमाएका छन् । दुई दिनयता चार जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिए । यस अवधिमा ४१४  विपद्का घटना भएका छन् । विपद्मा परी ८० जना घाइते भएका थिए । अधिकांश घाइते उपचारपछि …

पुरा पढ्नुहॊस »

छोराले चिर्पटले हान्दा बाबुको मृत्यु

कैलाली । जिल्लाको गोदावरी नगरपालिका-५ र्बबाटाका ३० वर्षीय राम सिंह कुमालले ६० वर्षीय बाबु अम्बरलाई चिर्पटले हानेर हत्या गरेका छन्। आइतबार राति घरायसी विवादका क्रममा छोरोले चिर्पट प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। हत्या गरी फरार रहेका कुमाललाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए। चिर्पट प्रहारबाट गम्भीर घाइते अम्मरको उपचारका क्रममा मृत्यु सेती अञ्चल अस्पतालमा मुत्यु भएको प्रहरीले …

पुरा पढ्नुहॊस »

पोखरीमा डुबेर सिरहामा दाजुबहिनीको मृत्यु

राजविराज । पोखरीमा डुबेर सिरहामा एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ। अर्नामा गाउँपालिका–४ लक्ष्मीपुरका बिमल यादवका १० वर्षीय छोरा दिपक र छोरी ७ वर्षीया नन्दनीको डुबेर मृत्यु भएको हो। घरबाट खेल्न निस्किएका दाजुबहिनी फर्किर नआएपछि खोजतलास गर्ने क्रममा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। घटनाको अनुसन्धान पनि भइरहेको प्रहरीको भनाइ छ।

पुरा पढ्नुहॊस »

नौ हजार सवारीसाधन कारवाहीमा

बागलुङ । गत आवमा ट्राफिक नियम मिच्ने नौ हजार ४४५ सवारीसाधन कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार सवारी कारवाहीबाट रु ५७ लाख १५ हजार राजश्व उठेको छ । अघिल्लोको तुलनामा आव ०७५/०७६ मा कारवाहीमा पर्ने सवारीसाधनको सङ्ख्या बढी छ । आव ०७४/०७५ मा जम्मा सात हजार ८२४ सवारीसाधन कारवाहीमा परेका थिए । नियमविपरीत चलेका ६४१ ट्रक, ६१८ बस, जीप चार हजार ४८०, ट्र्याक्टर एक हजार १२, …

पुरा पढ्नुहॊस »

आज विश्व बाघ दिवस, बाघलाई जोगाउन चुनौति

काठमाडौं । आज विश्व बाघ दिवस, नेपालमा पनि बाघ संरक्षणमा जोड दिदै विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसको अवसरमा ‘पर्या पर्यटनका लागि बाघ संरक्षण’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरिदैछ।  संघिय सरकारका प्रतिनिधी तीन वटा प्रदेश सरकारका प्रदेश सरकारका प्रतिनिधीहरु तथा स्थानिय प्रतिनिधीहरुको सहभागितामा बाँके राष्ट्रिय निकुन्जमा कार्यक्रम आज बिहानैदेखि भइरहेको राष्ट्रिय निकुन्ज तथा वन्य जन्तु विभागका सुचना अधिकारी विष्णु प्रसाद श्रेष्ठले जानकारी दिए। सन् २०१० मा नेदरल्यान्ड्सको सेन्ट पिटर्सवर्गमा भएको टाइगर …

पुरा पढ्नुहॊस »

‘केसीसी एक्जिबिट २०१९’ मा विद्यार्थीहरुको आकर्षण

काठमाडौं । कान्तिपुर सिटी कलेज (केसीसी) ले आयोजना गरेको ‘केसीसी एक्जिबिट २०१९’ भब्यरुपमा सम्पन्न भएकाे छ। निपुर्ण विचार, दीगो उपाय मूल नारा रहेको साे प्रदर्शनीको युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले उद्घाटन गर्दै युवाको ऊर्जालाई उद्यमशीलता र उत्पादनसँग जोड्नुपर्ने धारणा राखे । कार्यक्रममा बाेल्दै मन्त्री सुनारले देश विकासमा युवाको भूमिकामा महत्वपूर्ण रहेकाे चर्चा गरे । मन्त्री सुनारले युवालाई विज्ञान–प्रविधिसँग जोड्दै जानुपर्ने बताउँदै  सङ्घीय लोकतान्त्रिक गणतन्त्रले दिएको अवसरलाई युवा क्षेत्रले …

पुरा पढ्नुहॊस »

अब हरेक टिभीमा यूट्युब,वल्डलिंककाे प्रोडक्ट बजारमा

काठमाडाै । हामी सबैले मोबाइल, ल्यापटप वा स्मार्ट टिभीमा यूट्युब हेर्दै आइरहेका छौं र यो बिना सायद कसैको दैनिकी चल्दैन होला । पूर्ण अनुभव प्राप्ति र सजिलोको लागि हामी सबैलाई यूट्युब हामीसँग भएको कुनैपनि टिभीको ठूलो पर्दामा हेर्ने इच्छा हुन्छ र ग्राहकको यो इच्छालाई ध्यानमा राख्दै नेपालको सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक वल्डलिंक कम्युनिकेशनस् लिमिटेडले “अब हरेक टिभीमा यूट्यबु” नामक एउटा नयाँ प्रोडक्ट अफर स्वरुप ल्याएको छ । …

पुरा पढ्नुहॊस »

ललिता निवास जग्गा प्रकरणः आरोपित श्रेष्ठद्वारा सपिङ सेन्टरबाट हाम फालेर आत्महत्या

काठमाडाैँ । बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका कांग्रेसका पर्वत जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् । माछापोखरीको हिमालय सिटी सपिङ सेन्टरकोे ८ औं तलाबाट हामफालेर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । पूर्व नायव सुब्बा समेत रहेका श्रेष्ठ केही समयदेखि तनावमा रहेको बुझिएको छ । सपिङ गर्ने बाहानामा त्यहां पुगेका श्रेष्ठ ८ औ तलाको रेलिङबाट हामफालेका थिए । घाइते अवस्थामा प्रहरीले पिपुल्स अस्पताल पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेका …

पुरा पढ्नुहॊस »