समाचार

वीर अस्पतालको बेहालः मेसिन बिगार्दै, बिरामी निजीमा पठाउँदै

काठमाडाैँ । एमआरआई मेसिन उद्घाटन गरेर मन्त्रालय पुगेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भोलिपल्ट मेसिन बिग्रेको खबर पाए। पर्सिपल्ट थाहा पाए, ‘मेसिन बिग्रेको होइन। बिगारिएको हो।’ अस्पतालबाट भइरहेको सेवा प्रवाहप्रति मन्त्री यादवले असन्तुष्टि जनाए। अस्पतालमा आइतबार आयोजित कार्यक्रममा उनले भने, ‘त्यही मेसिन सरकारीमा तुरुन्तै बिग्रने। निजीमा वर्षौंसम्म चल्ने। उपचारका लागि आएका बिरामीलाई निजीमा पठाउने धन्दा बन्द हुनुपर्छ। प्राविधिकले उपकरण चलाउन नसक्ने र कर्मचारीले बिगार्ने हो भने पब्लिक प्राइभेट …

पुरा पढ्नुहॊस »

सचिवालयको बैठक स्थगित गरेर ओली–प्रचण्ड जिम्मेवारी बाँडफाडमा व्यस्त

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी पेचिलो बन्दै गएको कार्यविभाजनको जिम्मेवारी बाँडफाड गर्न अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहकार्यमा लागेका छन् । सचिवालयको बैठक स्थगित गरेर अध्यक्षद्धय कार्यविभाजनको टुंगो लगाउन जुटेका हुन् । विभाग र आयोगको जिम्मेवारी दिने विषयमा भागवण्डा भएर मोटामोटी सहमति जुटे पनि स्कुल विभागको जिम्मेवारी कसले लिने भन्ने विषयमा नेकपाभित्र विवाद रहेको छ । स्कुल विभागमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले दावी गरेपछि …

पुरा पढ्नुहॊस »

राष्ट्रिय परीक्षा बोर्डकाे बोलाइयाे, कक्षा १२ को नतिजा सोमबार सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार सार्वजनिक गर्ने भएको छ। बोर्ड स्रोतका अनुसार आइतबार परीक्षार्थीको सम्पूर्ण प्राप्ताङ्कलाई रुजु गरेर कम्प्युटरमा इन्ट्री गरिसकिएको छ। आइतबार रुजु गर्ने क्रममा कुनै समस्या नदेखिएकोले सोमबार नतिजा प्रकाशन गर्न लागिएको हो। नतिजा प्रकाशनका लागि सोमबार साँझ बोर्ड बैठक बोलाइएको छ। गत वैशाखमा सम्पन्न परीक्षामा मुलुकभरबाट चार लाख परीक्षार्थी सहभागी थिए।  बोर्डले विगतमा विज्ञान विषयको नतिजा सुरुमा र केही समयपछि मात्र अन्य …

पुरा पढ्नुहॊस »

पौडी खेल्दा एक बालकको डुबेर मृत्यु

तेह्रथुम।  शनिबार साँझ पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुमको छथर गाउँपालिका ३ पन्चकन्याका गुमानसिंह वि.क.का १० वर्षीय छोरा बादल वि.क. छन् । वि.क आफ्नै घर नजिकै रहेको सार्वजनिक पोखरीमा पौडी खेल्ने क्रममा डुबेर  मृत्यु भएको प्रहरीले जनाएको छ।

पुरा पढ्नुहॊस »

जुम्लाका गर्भवती र सुत्केरीलाई पूर्ण रुपमा निःशुल्क हवाईसेवा

जुम्ला । अब जुम्लाका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाईसेवा दिइने भएको छ ।राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५ मा व्यवस्था भएअनुरूप जुम्लामा गत वर्षदेखि नै पूर्णरूपमा निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । तत्कालीन कर्णालीका पाँच जिल्लासहित ३४ जिल्लामा पूर्ण र आंशिकरूपमा निःशुल्क हवाई उद्धार सेवा सञ्चालनमा आएको हो । …

पुरा पढ्नुहॊस »

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

कालीकोट । कर्णाली राजमार्गको शुभकालिका गाउँपालिका–१ मा पर्ने कालेखोलामा पहिरो जाँदा यातायातका साधन अवरुद्ध भएको छ। शनिबार राति गएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो। अहिले खुलाउने प्रयास जारी रहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले बताए। ‘शनिबार पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको छ,’ उनले भने, ‘अहिले राजमार्ग खुलाउने प्रयास जारी छ।’ राजमार्ग अवरुद्ध हुँदा जुम्ला र कालीकोटबाट सुर्खेत, नेपालगञ्जका लागि छुटेका यात्रुबाहक सवारीसाधन तथा यात्रुहरु बीच बाटो नै अलपत्र …

पुरा पढ्नुहॊस »

सिंघिया खोलाले बगाएको युवकको शव फेला

विराटनगर ।  सिंघिया खोलाले बगाएर बेपत्ता रमेश गुरुङको शव फेला परेको छ। रामेछाप घर भई विराटनगर महानगरपालिका–७ मा बस्दै आएका १५ वर्षीय गुरुङ साथीहरुसँग पौडी खोल्दा शनिबार दिउँसो २ बजे खोलाले बगाउँदा बेपत्ता भएका थिए। उनको शव शव आइतबार बिहान जहदा भातीगञ्जस्थित सोही खोलाको किनारमा फेला परेको प्रहरीले जनाएको छ।

पुरा पढ्नुहॊस »

शिखर नगरपालिकाको वडा कार्यालयमा आगजनी

डोटी । शिखर नगरपालिका–७ बैरकोटमा रहेको वडा कार्यालयको भवनमा शनिबार राति अज्ञात समूहले आगजनी गरेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीका अनुसार अज्ञात समूहले शनिबार राति करिब १ बजे वडा कार्यालयमा आगजनी गरेको हो। आगजनीबाट वडा कार्यालयमा भएका फर्निचर, काजगात तथा अन्य सरसामान नष्ट भएको छ। आगजनी किन, कस्ले ग¥यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक माझीले बताए।  उनले भने, ‘घटनास्थलमा प्रहरी टोली परिचालन …

पुरा पढ्नुहॊस »

गाडी दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

धादिङ । थाक्रे गाउँपालिका–८ त्रिभुवन राजपथमा शनिबार राति भएको सवारी दुर्घटनामा एक सवारी चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नम्बर ६ का २८ वर्षीय बलराम तामाङ रहेको प्रहरीले  जनाएको छ। तसर्पुबाट नौबिसेतर्फ जाँदै गरेको बा १७ च ५३६ नम्बरको सामान बोकेको गाडी सडकबाट खोल्सामा खस्दा तामाङ घाइते भएका थिए। उनको उपचारको क्रममा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए। सडकबाट करिब १५० …

पुरा पढ्नुहॊस »

४४ नेपाली महिला कामदार स्वदेश फिर्ता

काठमाण्डौ । चीनको ल्याओनिङ प्रान्तमा रहेको दान्दोङ रिशङ गार्मेन्ट कारखानामा कार्यरत ४४ नेपाली महिला कामदार शनिबार नेपाल फर्काइएको छ । बेइजिङस्थित नेपाली दूतावासका अनुसार उनीहरुलाई दालियान विमानस्थलबाट तीन भिन्नभिन्न उडानमा शनिबार नेपाल फर्काइएको हो । उनीहरुमध्ये ४१ कुन्मिङ र तीन ग्वान्जाओ ट्रान्जिट हुँदै आइतबार नेपाल आइपुग्नेछन् । ती नेपाली कामदार वैदेशिक रोजगार विभागबाट श्रम अनुमति प्राप्त गरी गएको मे महीनामा यो कारखानामा काम गर्न भनी चीन गएका थिए । दूतावासमा …

पुरा पढ्नुहॊस »