करेन्ट लागेर बाबु–छोराको मृत्यु

जनकपुरधाम । धनुषाकोे कमला नगरपालिका–१ मंगराहा गाउँमा करेन्ट लागेर बुवा–छोराको मृत्यु भएको छ। खेतमा काम गर्न गएका बेला ४५ वर्षीय राजेन्द्र मण्डल र उनका २२ वर्षीय छोरा धमेन्द्रको करेन्ट लागेर मृत्यु भएको हो।

 करेन्ट लागेर घाइते भएका उनीहरुलाई जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय शहीदनगर यदुकुहाले जनाएको छ। बिजुलको तार खेतमा खसेकाले करेन्ट लागेको स्थानीय सुरेन्द्र मण्डलले जानकारी दिए। उनका अनुसार दुवै जनाको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल ल्याएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस