एमालेले फेरि माग्यो तीन मन्त्रीको राजीनामा

काठमाडौं । नेकपा एमालेले तीन मन्त्रीको राजीनामा मागेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका सांसद रघुजी पन्तले अख्तियारले बयान लिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत, बालकुमारी हत्याकाण्डका दोषी भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र लुम्बिनीको जग्गा घरबेटीलाई दिने काण्डका पर्यटनमन्त्री सुदन किराँतीको राजीनामा माग गरेका हुन् ।

उनले गत पुस १३ गते ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जाने गरी भएको घटनामा भौतिक मन्त्री ज्वाला दोषी देखिएकाले राजीनामा दिनुपर्ने माग गरे । स्वास्थ्यमन्त्री माथि अख्तियारले छानबिन गरेको भन्दै उनको पनि राजीनामा एमालेले माग गरेको हो ।

उनले पूर्वमन्त्री शेरबहादुर तामाङ, गोकुल बास्कोटा र सर्वेन्द्रनाथ शुक्लाको उदाहरण दिँदै प्रचण्ड सरकारका तीन मन्त्रीको राजीनामा मागे । ‘सरकारका मन्त्री दोषी भनेर किटान गरेको ५ दिन बित्दासमेत पदमै बहाल हुनुहुन्छ । सामान्य सिपाहीलाई कारबाहीको डन्डा अनि मन्त्रीलाई उन्मुक्ति यो हुन सक्दैन,’ उनले भने, ‘स्वास्थ्यमन्त्री बस्नेत पनि केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएकाले उनले पनि पदबाट राजीनामा दिनुपर्दैन ?’

उनले प्रधानमन्त्रीले गम्भीर आरोप लागेका मन्त्रीहरूलाई लिएर सरकार चलाउन नहुने तर्क गरे । रामग्राम क्षेत्रमा निजी कम्पनी खडा गरेर ९९ वर्षका लागि लिजमा दिने प्रयत्न भएको भन्दै त्यसको जिम्मेवारी पर्यटनमन्त्री किराँतीले लिनुपर्ने सांसद पन्तको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds