सिनियर अनमी विष्टलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार

काठमाडौं । दार्चुला अस्पतालमा कार्यरत सिनियर अनमी बबिता विष्टलाई यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ ।

मंगलबार स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र स्वास्थ्य सचिव डा रोशन पोखरेलले विष्टलाई एक लाख नगद पुरस्कार सहित उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेका हुन् । बबिता सिनियर अनमी छैटौँ तहमा कार्यरत छन् । अनमी विष्टले एक लाख रुपैयाँ पाइन् ।

त्यस्तै सोही अवसरमा ४ जना स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । ५० हजार नगद राशि सहितको स्वास्थ्य सेवा पुरस्कार पाउनेहरूमा कालिकोटका सिनियर अहेव दीर्घ बहादुर नेपाली, बाराकी सिनियर अनमी किरण कुमारी, सुर्खेतका डा केशरबहादुर ढकाल र फार्मेसी निरीक्षक शुष्मा थपलिया रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘नो केबलकार समूह’ द्वारा थप आन्दोलन कार्यक्रमको घोषणा

काठमाडौँ । ‘नो केबलकार समूह’ द्वारा पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध थप आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ । उनीहरुले नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै थप आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका हुन् ।

प्रतिकृया दिनुहॊस