युनिक्याम्पस ग्लोबलको नयाँ शाखा महाराजगञ्जमा

काठमाडौं । युनिक्याम्पस ग्लोबलले काठमाडौंको महाराजगन्जस्थित पानीपोखरीमा नयाँ शाखा विस्तार गरेको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने योजनामा रहेका विद्यार्थीहरूलाई थप सहजता प्रदान गर्ने उद्देश्यले आइतबारबाट नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याइएको बताइएको छ ।

बूढानीलकण्ठ, टोखा, चक्रपथ, सामाखुसी, गोंगबु, लाजिम्पाटलगायत क्षेत्रका विद्यार्थीको सहजतालाई ध्यानमा राखेर नयाँ शाखा सञ्चालनमा ल्याइएको युनिक्याम्पसले जनाएको छ । युनिक्याम्पस ग्लोबलका प्रबन्ध निर्देशक विज्ञान श्रेष्ठले आज नयाँ शाखाको उद्घाटन गरेका हुन् । कोरोनाकालमा केही शाखा बन्द गर्नुपरेको जानकारी दिँदै कोरोनाको प्रभाव कम हुँदै गएपछि नयाँ शाखाहरू विस्तार गरेको बताए ।

उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीलाई आवश्यक सूचना लिन सहज होस् भन्ने उद्देश्यले शाखा विस्तार गरेको उनको भनाइ छ । नेपाली विद्यार्थीले धेरैभन्दा धेरै छात्रवृत्ति प्राप्त गरेर उच्च शिक्षा अध्ययनका लागि जाओस् भन्ने युनिक्याम्पसको चाहना हुने गरेका जानकारी दिँदै श्रेष्ठले नयाँ शाखाले पनि उक्त कुरालाई पहिलो प्राथमिकतामा राख्ने बताए ।

उनले एक वा दुई वर्ष नेपालमै अध्ययन गरेर पनि कोर्स क्रेडिट ट्रान्फरमार्फत विद्यार्थीले कम शुल्कमा अस्ट्रेलियाबाट आफ्नो अध्ययनलाई पूरा गर्न सक्ने बताए । त्यसका लागि विद्यार्थीले काठमाडौंको डिल्लीबजारस्थित सफ्टवेरिका कलेज अफ आइटी एन्ड इ–कमर्स र मैतीदेवीस्थित सनवे कलेजमा पहिलो वा दोस्रो वर्ष अध्ययन गरेर अस्ट्रेलिया जान सक्छन् ।

सन् २०२५ सम्ममा काठमाडौं उपत्यकाभित्र थप दुईदेखि तीन वटा शाखा विस्तार गर्ने योजना रहेको समेत बताइएको छ ।युनिक्याम्पस ग्लोबल पानी पोखरी शाखाका निर्देशक मिङमार तामाङले जहाँ विद्यार्थी त्यहीँ सेवा भन्ने उद्देश्यले शाखा विस्तार गरेको जानकारी दिए । आगामी एक साताभित्र आउने विद्यार्थीले ९९९ रुपैयाँमै आयल्स, पीटीइका पूरा कक्षाहरू लिन सक्ने बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नआत्तिनुहोस्, आर्थिक सुधारको काम हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको बताएका हुन् ।

प्रतिकृया दिनुहॊस