समाचार

अमेरिका लैजाने भन्दै नेपालीलाई केन्या पुर्‍याई बन्धक बनाएर साढे पाँच करोड ठग्ने गिरोह पक्राउ

काठमाडौं । गैरकानुनी बाटोबाट अमेरिका र क्यानडा पठाइ दिने भन्दै साढे पाँच करोड ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ घर भई हाल बुढानिलकण्ठ बस्ने ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोक साबिक कर्थली गाविस घर भई हाल काठमाडौं गोकर्णेश्वर बस्ने ४२ वर्षीय ङिङबुटी शेर्पा र सिन्धुपाल्चोक जुगल गाउँपालिका–१ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने १९ वर्षीय निमा शेर्पा रहेका छन् । उनीहरूलाई …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीलाई गगनको प्रश्न- गृहमन्त्रीलाई तपाईले धोएर धोइन्छ, पखालेर पखालिन्छ ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीलाई चोख्याउन सरकारको संयन्त्रलाई वासिङ मेशिन जस्तो प्रयोग गरिएको बताएका लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीजी सरकारले गरिरहेको काम कारबाहीप्रति हाम्रो विश्वास रहेन ।ढाकछोप गरियो । राज्यका तमाम अङ्गहरुलाई वासिङ मेशिन जस्तो प्रयोग गरियो तपाईहरूले धोएर धोइन्न, पखालेर पखालिन्न । दूधको दूध पानीको पानी संसदीय समितिले छुट्याउँँछ । जबसम्म संसदीय छानबिन …

पुरा पढ्नुहॊस »

कांग्रेसद्वारा प्रतिनिधि सभा बैठकमा अवरोध

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेको छ । बजेट अधिवेशनको प्रारम्भिक दिनमा नै नेपाली काँग्रेसले उठेर बैठक अवरुद्ध पारेको हो । नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा उपप्र्र्र्र्र्र्र्र्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको जिकिर गर्दै संसदीय छानविन समिति गठन गर्न माग गर्दै आएको छ ।

पुरा पढ्नुहॊस »

आफ्नै श्रीमतीको अश्लिल भिडिओ सार्वजनिक गर्ने युवक पक्राउ

काठमाडौँ । आफ्नै श्रीमतीका गोप्य अङ्गको तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा काठमाडौँमा एक युवक पक्राउ परेका छन् । वैदेशिक रोजगारीमा रहँदा वाट्सएप कुराकानी गर्ने क्रममा श्रीमान–श्रीमतीबीच आदानप्रदान भएका गोप्य अङ्ग देखिने तस्वीर / भिडियो सार्वजनिक गरेको आरोपमा मकवानपुरको छतिवन बकैया गाउँपालिका–७, चुलुङ्गा स्थायी घर भई हाल काठमाडौ–३२, जडिबुटीमा बस्ने २४ वर्षीय फुर्साङ रुम्बालाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । पीडितकी दिदीले दिएको उजुरीका आधारमा अनुसन्धान …

पुरा पढ्नुहॊस »

जातीय विभेदलाई सम्बोधन गर्न सरकारले अपनाएका उपायहरू अपर्याप्त : एम्नेस्टी इन्टरनेशनल

काठमाडौँ । सरकारले अपनाएका उपायहरू जातमा आधारित विभेदलाई सम्बोधन गर्न अपर्याप्त र अपूर्ण भएको एम्नेस्टी इन्टरनेशनलले एक प्रतिवेदन जारी गरेको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमकाबीच एम्नेस्टी इन्टरनेसनलले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । दलित र विशेष गरी दलित महिला तथा बालबालिकाहरूलाई प्रणालीगत जातमा आधारित विभेदबाट राज्यले संरक्षण गर्न सफल हुन नकसेको पनि प्रतिवेदनमा उल्लेख छ । एम्नेस्टी इन्टरनेसनलले दलित बिरुद्धको प्रणालीगत जातमा आधारित विभेदमा तत्काल कारबाही गर्न आवश्यक रहेको …

पुरा पढ्नुहॊस »

दरबारमार्गबाट ९८ लाखसहित पक्राउ परेका दुई युवक सुन तस्करीमा संलग्न

काठमाडौं । काठमाडौँ महानगरपालिका-५ स्थित दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित पक्राउ परेका दुई युवक यसअघि सुन तस्करीमा संलग्न देखिएका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहान २८ वर्षीय समीर सुनार र २९ वर्षीय मिलन विकलाई पक्राउ परेको थियो । रुपन्देहीको सियारी गाउँपालिका घर भएका उनीहरु दुबै यसअघि सुन तस्करीमा फरार अभियुक्त रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिएका छन् । बिहीबार उनको बा.१३ च ४८५८ नम्बरको …

पुरा पढ्नुहॊस »

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताए । निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको दाबी गरे । ‘निजी क्षेत्रको लगानी एवं राज्य र …

पुरा पढ्नुहॊस »

तारले रुखमा बाँधेर जलाइएको अवस्थामा भेटियो युवकको शव

काठमाडौं । काभ्रेमा रुखमा बाँधेर जलाइएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । काभ्रेको पाँचखाल नगरपालिका-४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा पुरुषको शव फेला परेको हो । फेदी र जिरोकिलोको बीच भागमा पूर्णरुपमा जलेको अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । तारले रुखमा बाँधेर जलाइएको अवस्थामा शव फेला परेको छ । शवको पहिचान हुन सकेको छैन । शवको प्रकृति हेर्दा घटना ५/६ दिन …

पुरा पढ्नुहॊस »

अन्ततः रवि लामिछानेलाई संसद्‌मा बोल्न दिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले संसद बैठकमा गृहमन्त्री रवि लामिछानेसहितका शीर्ष नेतालाई बोल्ने दिने भएको छ । बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले रविसहितका नेताहरूलाई संसदमा बोल्न दिने र त्यसपछि भने संसद अवरुद्ध गर्ने निर्णय गरेको हो । कांग्रेसले सहकारी मुद्दामा लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दे सदन अवरोध गर्दै आएको छ । गृहमन्त्री लामिछानेले यस विषयमा संसद्को रोष्टममा आफूले प्रष्टीकरण दिन पाउनुपर्ने अडान लिइरहेका थिए । कांग्रेस बैठकले लामिछानेलाई …

पुरा पढ्नुहॊस »

भवन उदघाटन गर्न प्रधानमन्त्री सल्यान जाँदा पालिकाभर बिदा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गाउँपालिकाको भवन उदघाटन गर्न सल्यान जाँदै छन् । दार्मा गाउँपालिकाको प्रशासकीय भवन उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टरबाट सल्यान जान लागेका हुन् । प्रधानमन्त्री आउँदा दार्मा गाउँपालिकाले गाउँपालिकाभर सार्वजनिक बिदा दिएको छ । गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय र विद्यालयहरुमा बिदा दिइएको गाउँपालिका अध्यक्ष निमबहादुर केसीको भनाई छ ।

पुरा पढ्नुहॊस »