काठमाडौं । नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसमर्पण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका ओडले वैवाहिक बलात्कार सम्बन्धी मुद्दामा इलाका प्रहरी कार्यालय झलारीमा आत्मा समर्पण गरेका हुन् । रवि आफै प्रहरी कार्यालयमा उपस्थित भएपछि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशीले जानकारी दिए । नेपाल आइडल सिजन-२ का विजेता ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक …
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
आज सांस्कृतिक कार्यमा सरिक भइने छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने र जोशजाँगर बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »वसन्त ऋतुकै पहिलो आरोहण सफल, १० शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा
काठमाडौं । यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको चुचुरोमा पुगेका छन् । आरोहणमार्ग तयार भएसँगै सगरमाथा आरोहणको अनुमति लिएका स्वदेशी तथा विदेशीलाई हिमाल चढ्ने बाटो खुलेको हो । पर्यटन विभागको अस्थायी ‘फिल्ड’ कार्यालय प्रमुख खिमलाल गौतमका अनुसार शुक्रबार बिहान ५ बजे ‘रुट फिक्सिङ’ टोलीले आरोहणका लागि बाटो निर्माणको काम सुरु गरेको थियो । ‘उहाँहरू शुक्रबार राति ८ः१५ बजे शिखरमा पुग्न सफल हुनुभयो, अब …
पुरा पढ्नुहॊस »रक क्लाइम्बिङ गर्दा लडेर एक युवाको मृत्यु
काठमाडौं । खोटाङमा रक क्लाइम्बिङ गर्ने क्रममा भीरबाट खसेर एक युवाको मृत्यु भएको छ । बिहीबार साँझ ६ बजे दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका-५ लफ्याङको बुद्धेश्वरस्थित मझुवा भीरमा रक क्लाइम्बिङ गर्ने क्रममा भीरबाट खसेर ३२ वर्षीय सुचन राईको मृत्यु भएको हो । दिप्रुङ चुईचुम्मा गाउँपालिका-७ टेम्मा घर भएका राई हाल दिक्तेलको हाट डाँडामा बस्दै आएका थिए । करिब ४० मिटर अग्लो भीरबाट खसेर गम्भीर घाइते भएपछि जिल्ला अस्पताल लगिएका राईलाई …
पुरा पढ्नुहॊस »कुपण्डोलमा अनियन्त्रित कार बिजुलीको पोलमा ठोक्कियो
काठमाडौं । ललितपुरको कुपण्डोलमा कार दुर्घटना भएको छ । शनिबार बिहान साढे ५ बजेतिर बागमती प्रदेश ०२८ च ४२८९ नम्बरको कार सडक छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो । प्रहरी प्रभाग कुपण्डोलकाअनुसार कारको ठक्करबाट बिजुलीको पोल भाँच्चिएको छ । जसका कारण त्यस क्षेत्रमा विद्युत् सेवा अवरूद्ध भएको छ । प्रहरीका अनुसार चालकले मापसे र तीव्र गतिका कारण कार दुर्घटना भएको हो । दुर्घटनाबाट कारको अघिल्लो भागमा क्षति पुगेको छ …
पुरा पढ्नुहॊस »आजको मौसम : मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । हाल देशको पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भुभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
अविश्वास उत्पन्न हुनेछ । परिवारमा झैझमेलाको अवस्था आउला, तर पुँजी बजारले भने साथ दिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »गगनलाई रविको चुनौती- मैले ऋण लिएको प्रमाणित भए राजनीति छोडिदिन्छु
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गगन थापाले आफूले निवेदन दिएर ऋण लिएको प्रमाण देखाए राजनीति छोडिदिने बताएका छन् । उनले प्रतिनिधिसभाको बैठक चल्न नसकेपछि बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले गगन थापालाई प्रमाण दिन चुनौती दिँदै प्रमाण देखाए राजनीति नै छोडिदिने र प्रमाण देखाउन नसके गगन थापाले राजनीति छोड्नु पर्ने बताए । सदनबाट भएको निरन्तर खेदाइलाई संसदबाटै जवाफ दिन खोजेको उनको भनाई छ ।
पुरा पढ्नुहॊस »यी हुन् मन्त्रिपरिषदका २५ निर्णय (सूचीसहित)
काठमाडौं । मन्त्रिपरिषद बैठकले गरेका २५ वटा निर्णय सार्वजनिक गरिएको छ । बिहीबार बसेको बैठकले २५ वटा निर्णय गरेको हो । बंगलादेशमा आयोजना हुने लर्निङ एक्सचेन्ज एण्ड एक्सपेरिन्स शेयरिङ भिजिटमा जान राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. शिवराज अधिकारीलाई स्वीकृति दिइएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यलाई मलेसिया जान स्वीकृति दिइएको छ । भ्रष्टाचार निवारण सम्बन्धी तालिममा सहभागी हुन उनी भ्रमणमा जान लागेकी हुन् । विश्व …
पुरा पढ्नुहॊस »प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक जेठ १ गते बस्ने
काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले संसद्को बैठक स्थगित गरेका हुन् । दोस्रो बैठक शुरु हुना साथ कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए । यसैबीच सभामुखले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेसका सांसदहरुले उनलाई रोष्टममा जानबाट रोकेका थिए । कांग्रेसका सांसदहरुको लगातारको नाराबाजीपछि सभामुखले प्रतिनिधिसभाको बैठक जेठ १ गते साँझ ६ बजेसम्मका लागि …
पुरा पढ्नुहॊस »