भवन उदघाटन गर्न प्रधानमन्त्री सल्यान जाँदा पालिकाभर बिदा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गाउँपालिकाको भवन उदघाटन गर्न सल्यान जाँदै छन् । दार्मा गाउँपालिकाको प्रशासकीय भवन उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टरबाट सल्यान जान लागेका हुन् ।

प्रधानमन्त्री आउँदा दार्मा गाउँपालिकाले गाउँपालिकाभर सार्वजनिक बिदा दिएको छ । गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय र विद्यालयहरुमा बिदा दिइएको गाउँपालिका अध्यक्ष निमबहादुर केसीको भनाई छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री