प्रधानमन्त्रीलाई गगनको प्रश्न- गृहमन्त्रीलाई तपाईले धोएर धोइन्छ, पखालेर पखालिन्छ ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीलाई चोख्याउन सरकारको संयन्त्रलाई वासिङ मेशिन जस्तो प्रयोग गरिएको बताएका लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीजी सरकारले गरिरहेको काम कारबाहीप्रति हाम्रो विश्वास रहेन ।ढाकछोप गरियो । राज्यका तमाम अङ्गहरुलाई वासिङ मेशिन जस्तो प्रयोग गरियो तपाईहरूले धोएर धोइन्न, पखालेर पखालिन्न । दूधको दूध पानीको पानी संसदीय समितिले छुट्याउँँछ । जबसम्म संसदीय छानबिन समिति बन्दैन तबसम्म सदन अघि जान सक्दैन ।’

उनले भने, ‘हामीले संसदीय छानबिन समिति मात्रै बनाउनुस् अरू केही पनि चाहिँदैन । सरकार तपाईंहरुले चार वर्ष चलाउनुस् समिति बनाउनुस् तपाईहरू नेतृत्व गर्नुस्, हामीलाई गलत साबित गरिदिनुस्, हामी सही छौँ भने हाम्रो कुरा रहन्छ, हामीलाई संख्याको आधारमा सभामुखले हेप्न खोज्ने ? पेल्न खोज्ने ?’ उनले कहिले प्रधानमन्त्री, कहिले प्रहरी हुँदा हुँदै महान्यायाधिवक्ता कार्यालयलाई दुरुपयोग गरेको टिप्पणी गरेका छन् ।

गृहमन्त्रीले सहकारीको अर्बौ अपचलन गरेको आफूसँग प्रमाण रहेको जिकिर गरे । उनले भने, ‘गृहमन्त्रीमाथि कहीँ अभियोजन भएको छैन, अनुसन्धान भएको छैन भनेर झुट बोल्ने ? रुपन्देही प्रहरी कार्यालयले गरेको अनुसन्धान, त्यहाँको अदालतमा भएका प्रमाणहरू पेश गरौं ? सहकारीमा आफैले लिखित गरेर माग फारम भरेर ऋण लिएको प्रमाण पेश गरौं ? एक अर्ब रुपैयाँ अपचलन गरेका प्रमाणहरू पेश गरौं ?’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समिति र संसदीय दलको बैठक आह्वान गरेको …

प्रतिकृया दिनुहॊस