सल्यान दुर्घटनाका घाइते बसधनी विष्णु विकको मृत्यु

दाङ । सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ ।

बुधबार बिहान करिब ११ बजेतिर दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परी गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका-४ निवासी ४६ वर्षीय विष्णु विकको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिएका छन् ।

दाङबाट पूर्वीरुकुममतर्फ जाँदै गरेको रा१ख २०८५ नम्बरको यात्रुवाहक बस सल्यान बाघचौर नगरपालिका(२ ठिनबाङ्ग खोलाको पुलबाट खसेको थियो । विक सो दुर्घटनाग्रस्त बसका बसधनी हुन् ।

बस दुर्घटनामा परी २२ जना घाइते भएका थिए । तीमध्ये गम्भीर घाइते चारलाई कोहलपुर अस्पताल पठाइएको थियो । अरु घाइतेको दाङमा उपचार भइरहेको छ । सो दुर्घटनामा परी गम्भीर घाइते रहेका तीनजनाको हाल शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । सामान्य घाइते भएका अधिकांश उपचारपछि घर फर्किसकेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अब छिट्टै हाम्रो साग पसल देख्न पाउनुहुनेछ : मिलन लिम्बु

काठमाडौं । इलाम-२ को उपनिर्वाचनमा पराजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुले अब साग …

प्रतिकृया दिनुहॊस