मन्त्रीको ‘टालेको सट’मा ज्ञानेन्द्रको टिप्पणी- फेरि फेरि गाडी चढ्न सक्नेले एउटा सट किन्न नसक्ने ? नाटक बढी भयो !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले शिक्षामन्त्री सुमना श्रेष्ठको ‘टालेको सट’मा टिप्पणी गरेका छन् । सांसदसमेत रहेका शाहीले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन् ।

सुमनाको एउटा तस्बिर अहिले धेरैले सामाजिक सञ्जालमा साझा गरिरहेका छन् । तस्बिरमा मन्त्री सुमनाले लगाएको सर्ट च्यातिएर टालेको जस्तो देखिन्छ । यो तस्बिरलाई लिएर समर्थकहरूले उनको ‘सादगीपन’ को प्रशंसा गरेका छन् भने आलोचकहरूले ढोंग देखाएको आरोप लगाएका छन् ।

शाहीले सुमनाले सस्तो लोकप्रियताका लागि नाटक गरेको आरोप लगाए  । ‘काठमाडौंमा फेरि फेरि गाडी चढ्न सक्नेले एउटा सट किन्न नसक्ने ? नाटक बढी भयो,’ शाहीले भने ।

  • यस्तो छ सांसद शाहीको टिप्पणी :-

सस्तो लोकप्रियताको लागि कति नाटक गर्छौ ? अमेरिकाको MIT university को कलेज फिस ७६ लाख ५४ हजार १५२ रुपैयाँ तिर्न सक्नेले एउटा ३५० रुपैयाँको सट किन्न सक्दैन रे ? अनि काठमाडौँमा फेरि- फेरि गाडी चढ्ने सक्ने , एन्जिओबाट महिनाको ३ लाख तलब खान सक्नेले साथै मन्त्रीको रुपमा करिब महिना कै ९० हजार तलब खानसक्ने, र काठमाडौँको ५ स्टार होटेलमा विदेशी श्रीमानसँग दिनको २० हजारको डिनर गर्नेले जाबो ३५० रुपैयाँको एउटा सट किन्न सकिँदैन रे ? तिम्रो नाटक एउटाले क्यामरा बोक्ने एउटाले च्यातिएको सट घरबाट लगाएर आउने अनि फोटो खिच्ने र विदेशमा रहेका केही पैसा खाएर काम गर्ने भक्तेले फोटो हाल्ने र वाव र ग्वाउँ गर्दै भजन गाउने बिचार सोझा -सोझा इलामे जनतालाई उल्लु बनाउने यो तिम्रो नाटकघर होइन ? तिमीहरु भन्दा राम्रो नाटक त घुर्मुस सुन्तलीले पनि गर्ने सक्दैनन् ?

तिमीहरू यो हद सम्म जान सक्छौ भने अहिले पहिचानको मुद्दापनि बोकी टोपलेको छौ रे बरु च्यातिएको सट लगाएको नाटक गर्नु भन्दा त केरा ,भोर्लार्कोपता र अमलिसोको स्याउला ओडेर घरदैलो कार्यक्रम गर्न इलामे जनताको पहिचान भनेर झुकाउन पनि पाइने जनताले बिजोग भएछ भनेर मतदान सङै कपडा दान पनि गर्नेछन् अमेरिकामा सेकेन्ड ह्यान्ड कपडा पसल नै खोल्न पुगेनछ तिम्रा रगरग ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पर्यटन बोर्ड सीईओ छनोट कार्य रोक्ने अन्तरिम आदेशलाई दियो उच्च अदालतले निरन्तरता

काठमाडौँ । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटसम्बन्धी कुनै पनि …

प्रतिकृया दिनुहॊस