लागू औषध मुद्दामा पक्राउ परेका एन्फा उपाध्यक्ष दावा लामा रिहा

काठमाडौं । लागुऔषध मुद्दामा पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा रिहा भएका छन् । बुधबार पक्राउ परेका लामा बिहीबार रिहा भएको काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले जनाएको छ ।

लागु औषध मुद्दामा फरार रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो । तर सर्वोच्च अदालतबाट तारेखमा रहेको भन्ने खुलेपछि उनी रिहा भएका हुन् ।

यसअघि उच्च अदालत पाटनबाट २०६४ सालमा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा दोषी ठहर भएका लामा फरार थिए । उनलाई तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ जेठ २० गते लागुऔषध खैरो हेरोइन कारोबारमा पाँच वर्ष कैद र ५ हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो ।

अदालतको यो फैसलापछि पनि उनी कैद भुक्तान नगरी सार्वजनिक पद धारण गरिरहेका थिए । लामालाई २०६१ साउन ८ गते काठमाडौँको वनस्थली चोक नजिकबाट प्रहरीले ५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कपिलवस्तुको बाणगंगामा घरभित्र भेटियो दम्पतीको शव

काठमाडौं । कपिलवस्तुको बाणगंगामा श्रीमान श्रीमती मृत फेला परेका छन् । बाणगंगा ८ को ढोडेकोलमा …

प्रतिकृया दिनुहॊस