छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौँ । जाजरकोट, जुनिचाँदे गाउँपालिका–६ रामेलास्थित सडकमा भे.२ त ५२७ नम्बरको ट्याक्टर सोमबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका–५ गर्खाकोट बस्ने १४ वर्षीय नवराज चदराको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनाको स्थानीय स्वास्थ्य चौकी गर्खाकोट हुँदै थप उपचारको लागि कर्णाली स्वास्थ बिज्ञान प्रतिष्ठान कालागाउँ सुर्खेत पठाइएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संखुवासभा, चिचिला गाउँपालिका–२ छ्याकुटीस्थित सडकमा चिचिलाबाट खाँदवारीतर्फ जाँदै गरेको प्र.१–०२–००३ त १८८३ नम्बरको ट्याक्टर सोमबार दिउँसो दुर्घटना हुँदा चालक चिचिला गाउँपालिका–२ बस्ने ३२ वर्षीय दावा शेर्पाको घटनास्थलमै मृत्यु भएको छ ।

चितवन, भरतपुर महानगरपालिका–३ बेलचोक नजिक बाह्रघरेबाट बेलचोकतर्फ आउँदै गरेको ना.६५ प ६२०६ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही महानगरपालिका–११ गणेस्थान बस्ने ६० वर्षीय कुमार गुरूङको सोमबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै कपिलवस्तु, कृष्णनगर नगरपालिका–८ लोहरौलास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट साइकलयात्री शिवराज नगरपालिका–८ पतपर बस्ने ४० वर्षीय राजाराम पासीको सोमबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

अर्का डडेल्धुरा, अमरगढी नगरपालिका–७ भमाडीस्थित सडकमा बेलापुरबाट सदरमुकाम डडेल्धुरातर्फ जाँदै गरेको से.१ च २०६७ नम्बरको कार अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा कारमा सवार अमरगढी नगरपालिका–७ बस्ने ५० वर्षीय केशब भट्टराईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कार चालकको सोही अस्पतालमा हुँदै थप उपचारको लागि माया मेट्रो अस्पताल धनगढी रिफर गरिएको छ ।

त्यस्तै दैलेख, आठबिस नगरपालिका–३ धौलाकोटस्थित सडकमा भे.६ प ६९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही नगरपालिका–४ स्यालागाउँ बस्ने २२ वर्षीय दिपेन्द्र शाहीको मृत्यु भएको छ । सोमबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली अस्पताल सुर्खेतमा मंगलबार बिहान उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सर्लाही, बरहथवा नगरपालिका–१५ हरपुर्वास्थित सडकमा हरपुर्वाबाट पिपराभित्तातर्फ जाँदै गरेको अ.प.अ. १०३७ नम्बरको ट्याक्टर सोमबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार बरहथवा नगरपालिका–५ बस्ने १७ वर्षीय राज कुमार सिंहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सर्लाही गोल्डेन अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको बर्दिबासस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस