समाचार

रविले भने- ‘सटर बन्द गर्न परे गर्छु तर, कुनै लुटेराको पैसाले पार्टी चलाउने छैन’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीले जनताका पक्षमा काम गरेकै कारण पुराना दलहरुले बदनाम गर्न विभिन्न ढंगले हिलो छ्यापेको बताएका छन् । कसैको नाम नलिइकन उनले भने, ‘कहिले हामीमाथि सहकारीको कुरा उठाएर प्रहार गरिन्छ त कहिले के विषय उठाएर प्रहार गरिन्छ । तपाईंहरुले बुझ्नु होला जनताको पक्षमा काम गरेकै कारण यी प्रहार भएका हुन ।’ इलाम उपनिर्वाचनको पूर्व सन्ध्यामा रास्वपाले इलामको दउमाई …

पुरा पढ्नुहॊस »

गौर हत्याकाण्डविरुद्ध कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले रौतहटको गौरमा भएको हत्याकाण्डको विषयमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले गौर हत्याकाण्डविरुद्ध कारण देखाउ आदेश जारी गरेको हो । २०८० साल जेठ २१ गते त्रिभुवन शाहले गौरमा भएको नरसंहारकारी हत्या काण्ठको विरुद्धमा सर्वोच्चमा रिट दायर गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रहरी प्रधान कार्यालय लगायतलाई विपक्षी बनाइ दायर भएको रिटमा बुधबार आदेश आएको हो । २०६३ …

पुरा पढ्नुहॊस »

स्वदेश फर्किए कतारका राजा, राष्ट्रपतिले गरे विदाइ

काठमाडौं । कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आएका थानी आज दिउँसो स्वदेश फर्किएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरे । सो अवसरमा नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो ।

पुरा पढ्नुहॊस »

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका विषयका समझदारीमा हस्ताक्षर भएको छ । नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसहितको प्रतिनिधिमण्डलबीच भएको वार्तापछि सहमतिमा हस्ताक्षर भएको हो । दुईदेशबीचका महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईटा सम्झौता भएका छन् । सहमतिको विस्तृत विवरण साार्वजनिक भइसकेको छैन ।* कतारी अमिरको सम्मानमा …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री प्रचण्ड र कतारी राजाबीच एक्लाएक्लै वार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री प्रचण्ड र अमिरबीच सोल्टी होटलमा भेटवार्ता जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो । वार्तापछि उनीहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । कतारी अमिर र प्रधानमन्त्री प्रचण्ड नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल-कतार सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा …

पुरा पढ्नुहॊस »

डडेल्धुरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । डडेल्धुरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से१ज २०६७ नम्बरको अल्टो कार अमरगढी नगरपालिका–७ बिनाउलोमा दुर्घटना भएको हो । दुर्घटनामा अमरगढी नगरपालिका वडा नम्बर ७ का केशव भट्टराईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार सोही ठाउँका चेतराज भट्टराई (रोशन) घाइते भएका छन् । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले …

पुरा पढ्नुहॊस »

बिहे घरमा विजुली सर्ट भएर आगलागी : दुई जना घाइते, ६ लाखको क्षति

काठमाडौं । सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा रु छ लाखको क्षति हुनुका साथै दुई जना घाइते भएका छन् । बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा गए राति आगलागी हुँदा उक्त क्षति भएको हो । आगलागीबाट छोरीको विवाहका लागि राखिएका लत्ता कपडालगायत सामग्री जल्दा रु छ लाख बराबरको क्षति भएको जिल्ला प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए । बिजुलीको तार सर्ट भएर आगलागी भएको हो । …

पुरा पढ्नुहॊस »

उपनिर्वाचन : आज राति १२ बजेबाट प्रचार-प्रसार बन्द

काठमाडौँ । वैशाख १५ मा हुने प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ–१ को १ मा उपनिर्वाचनअन्तर्गत प्रचारप्रसार गर्न नपाइने भएको छ । राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मौन अवधिमा प्रचार गर्न पाइँदैन । निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन । इलाम २ मा १९ र बझाङमा ११ उम्मेदवार चुनावी मैदानमा छन् । दुवै क्षेत्रमा वैशाख १५ गते निर्वाचन …

पुरा पढ्नुहॊस »

झापामा बाइक र बोलेरो जुधे, बाइकमा सवार तीन युवाको मृत्यु

काठमाडौं । झापाको शिवसताक्षीमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । बिहान करिब साढे ५ बजेतिर शिवसताक्षी-८ स्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट खुरुङ्गातर्फ आउँदै गरेको मे३प ५००१ नं को १५० सिसीको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०१–००१ च ९३२९ नं को बोलेरो एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो । मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको र एक जनालाई बीएण्डसी हस्पिटल बिर्तामोड लैजाँदै …

पुरा पढ्नुहॊस »

भावातीत ध्यानमा आकर्षण बढेको छ : ध्यान शिक्षक पौड्याल (भिडियोसहित)

काठमाडौं । आजको यो विकृत परिवेशबाट शान्तिको श्वास फेर्नका निम्ति ध्यान आवश्यक छ । योग दर्शनले बताएजस्तै आहार विहार यम नियम आदि सुखद जीवन यापनका उत्तम उपाय हुन् । विकृत भोजनको प्रभावले नै आज मान्छे अनेकौँ रोगको सिकार भएको हो । निदनातमक चिकित्साभन्दा निरोधात्मक चिकित्सिामा अग्रसर रहेकै कारण आज हाम्रो शरीर अनेक रोगले ग्रसित भएको हो । जसबाट मुक्तिका निम्ति नित्य ध्यान र आहार विहारमा शुद्धि आज आवश्यक छ भन्ने …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds