रविलाई ज्ञानेन्द्रको सन्देश- विदेशी राजाका खुट्टा ढोग्नुभन्दा आफ्नै देशको फर्काउने अभियानमा लाग्नुहोस्

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई आफ्नै देशको राजा फर्काउने अभियानमा लाग्न सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै सांसद शाहीले गृहमन्त्री भएको बेला लामिछानेले विदेशी राजा आउँदा सार्वजनिक बिदा दिएको भन्दै तपाईँ र अरु नेतामा के फरक छ ? भन्ने प्रश्न समेत गरेका छन् । उनले भनेका छन्, ‘माननीय रवि लामिछाने ज्यु हिजोका दिनहरूमा तपाईँले जनताको आवाज उठाउँदै गर्दा हाम्रो साथ र समर्थन थियो तर आज तपाईँ आफै गृहमन्त्री हुँदा कतारका राजा आउँदा सार्वजनिक बिदा दिनुभएछ । अब भन्नुहोस् तपाईँ र अरु नेतामा के फरक भो ? बोल्ने एउटा गर्ने एउटा ? विदेशी राजाका खुट्टा नै ढोग्न जानु भन्दा आफ्नै देशका राजा फर्काउने अभियानमा लाग्नुहोस् कति गुलामी गर्छौ हो विदेशीको ?’

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आजदेखि गर्ने दुई दिने राजकीय भ्रमणका अवसरमा नेपाल सरकारले आज दिएको सार्वजनिक बिदाप्रति सामाजिक सञ्जालमा आलोचना भइरहेको बेला सांसद शाहीको यस्तो टिप्पणी आएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds