भावातीत ध्यानमा आकर्षण बढेको छ : ध्यान शिक्षक पौड्याल (भिडियोसहित)

काठमाडौं । आजको यो विकृत परिवेशबाट शान्तिको श्वास फेर्नका निम्ति ध्यान आवश्यक छ । योग दर्शनले बताएजस्तै आहार विहार यम नियम आदि सुखद जीवन यापनका उत्तम उपाय हुन् । विकृत भोजनको प्रभावले नै आज मान्छे अनेकौँ रोगको सिकार भएको हो ।

निदनातमक चिकित्साभन्दा निरोधात्मक चिकित्सिामा अग्रसर रहेकै कारण आज हाम्रो शरीर अनेक रोगले ग्रसित भएको हो । जसबाट मुक्तिका निम्ति नित्य ध्यान र आहार विहारमा शुद्धि आज आवश्यक छ भन्ने ध्येय नै भावातीत ध्यानको रहेको दक्षिणकाली नगरपालिका-१ वोशनमा रहेको नेपाल महर्षि वैदिक फाउन्डेसन (ब्रह्मानन्द सरस्वती ग्राम)मा कार्यरत भावातीत ध्यान शिक्षक भरतराज पौड्यालले बताए ।

उनकाअनुसार प्राकृतिक विषयवस्तुको उपयोग र भावातीत ध्यान हाम्रा कल्याणका आधार हुन् । यसैले हाम्रा वेद, उपनिषद्ले दिएका दिव्य ज्ञानको मार्गमा लाग्नसक्नु नै सार्थक जीवन व्यतीत गर्नु हो । जुन प्राप्तिको सरल उपाय भावातीत ध्यान हो ।

यसका विश्वका १९३ देशका ध्यान केन्द्र (शाखा उपशाखा) ८ वटा विश्वविद्यालय, ३४ सयभन्दा बढी कलेज रहेको उनले बताए । वैदिक ज्ञान विश्वव्यापी जागरणका लागि नेपालले नेतृत्व गर्नसक्छ भन्ने अभिव्यक्ति महर्षि योगीले दिएकाले उनका अनुयायीले हाल नेपालमा यो कार्यक्रमलाई विस्तार गर्न थालेका छन् । महर्षि योगीले ज्योर्तिमठका शङ्कराचार्य ब्रह्मानन्द सरस्वतीबाट उक्त ध्यान सिकी विश्वभर प्रचार गरेका हुन् ।

जीवनको उच्चतम आनन्दप्रप्तिका साथै सार्थक जीवन यापनका विषयमा महर्षि महेश योगीले प्रतिपादन गरेको भावातीत ध्यान प्रमाणित देखिन्छ । नेपाल महर्षि वैदिक फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटा हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप