समाचार

दैलेखमा गयो भूकम्प, आसपासका जिल्लामा महसुस

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडौं । दैलेखको नेपा आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ। बिहान १०ः३० बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ । दैलेख आसपासका जिल्लाहरुमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । क्षतिबारे विवरणा आएकाे छैन ।  

पुरा पढ्नुहॊस »

हुरीले ढालेको रुखले किच्दा वृद्धको मृत्यु

कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ विशालनगरमा हुरीले ढालेको रुखले किच्दा एक वृद्धको ज्यान गएको छ । सोमबार राति ९ बजेतिर आएको हावाहुरीले रुख ढाल्दा विशालनगरस्थित गल्ली नं ६ मा ७० वर्षका दलु पुरीको ज्यान गएको हो । रुख ढलेर घर च्यापिँदा पुरीको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक लोकराज अवस्थीले जानकारी दिए । वडा नम्बर १ कै गणेशपुर र ज्योति नगरमा पनि एउटा एउटा घरमा क्षति भएको …

पुरा पढ्नुहॊस »

कास्कीमा दर्ता भएको जाहेरीमा रवि लामिछानेको नाम पहिलो नम्बरमा (जाहेरीसहित)

काठमाडौं । सर्वोच्च अदालतले सहकारी ठगीका विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएको जाहेरी मगाउने आदेश गरेपछि नयाँ तथ्य खुलेको छ । सर्वोच्चले आइतबार मगाएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको जाहेरीमा पहिलो नम्बरमै उनको नाम उल्लेख रहेको पाइएको हो । यसअघि गृहमन्त्री लामिछानेले सहकारी पीडितले दिएको उजुरीमा आफ्नो नाम कहीँ कतै उल्लेख नभएको बताएका थिए । यदि आफ्नो नाममा उजुरी परेको भएमा राजनीति नै छाड्ने उनले बताएका थिए …

पुरा पढ्नुहॊस »

काठमाडौं महानगरले तीन ठाउँमा नेपाल र नेदरल्याण्ड्को खेल निःशुल्क देखाउने

काठमाडौँ । टी-२० विश्वकप क्रिकेट खेल हेर्नका लागि काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन स्थान तयारी गरेको छ । महानगरले नेपालका खेल तीन ठाउँमा लाइभ देखाउन लागेको हो । नेपाली समयअनुसार राति सवा ९ बजेदेखि खेल हुनेछ । यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राखिनेछन् । महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको प्रमुखको सचिवालयका सदस्य नविन भण्डारीले जानकारी दिए …

पुरा पढ्नुहॊस »

सुनधारामा महिलाले ट्याक्सीबाटै चोरिन सुनको सिक्री

काठमाडौं । काठमाडौंको सुनधारामा ट्याक्सीबाटै सुनको सिक्री चोर्ने महिलासहित तीनजना पक्राउ परेका छन् । सुन चोर्ने महिला र त्यसलाई खरिद गर्ने दुई पुरुष पक्राउ परेका हुन् । पक्राउ पर्नेमा गोरखा घर भई काठमाडौं कपुरधारा बस्दै आएकी २८ वर्षीया उषा विष्ट,सर्लाही घर भई काठमाडौं तारकेश्वर बस्दै आएका रामहरि खड्का र सर्लाही घर भई चाबहिल बस्दै आएका ३७ वर्षीय शंकर चौधरी छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उषाले सुन लुटेर ल्याएकी …

पुरा पढ्नुहॊस »

अरुण तेस्रोको सुरुङ ‘ब्रेक थ्रु’ गर्न संखुवासभा जाँदै प्रधानमन्त्री

काठमाडाैं । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज संखुवासभा जाँदैछन् । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको काम ७० प्रतिशत बढी काम सकिएको छ । आज प्रधानमन्त्रीले अरुण तेस्रोको एक समारोहबीच ब्रेक थ्रु गर्ने कार्यक्रम तय भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए । अरुण तेस्रोको ब्रेक थ्रु गर्न प्रधानमन्त्री प्रचण्डले …

पुरा पढ्नुहॊस »

पाँच प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो कहाँको मौसम कस्तो ?

काठमाडौं । नेपालमा अहिले स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी, मधेस र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी, मधेस, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

दाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । शुभ कार्यमा मन पनि जानेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

गोदावरीका मेयर महर्जनसहित १४ विरुद्ध १ अर्ब ४ कराेड विगो मागदावी गर्दै भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भनी गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले मेयर महर्जनसहित ४ कर्मचारी र ९ क्रसर सञ्चालकविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो । उनीहरुमाथि एक अर्ब चार करोड विगो मागदावीसहितको आरोपपत्र विशेष अदालतमा पेश भएको छ । अख्तियारले लेले र नल्लुका ढुंगाखानीमा अनियमितता भएको आरोपमा सोमबार नै ५ …

पुरा पढ्नुहॊस »

बालुवाटारमा प्रचण्ड, ओली र देउवाबीच के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । सोमबार बालुवाटारमा राष्ट्रिय मुद्दामा समान धारणा बनाएर अघि बढ्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । शीर्ष तीन नेताबीचको भेट पछिल्ला समसामयिक विषयमा केन्द्रित रहेको प्रधानमन्त्री प्रेस विज्ञ मनहरि तिमल्सिनाले बताएका छन् । उनले भने, ‘भेट कुनै एउटै एजेण्डा तय भएर भएको होइन । …

पुरा पढ्नुहॊस »