समाचार

दार्चुलाबाट कैलाली आउँदै जिप खस्दा २ जनाको मृत्यु, ७ घाइते

कैलाली । डोटीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । दार्चुलाबाट कैलाली आउँदै गरेको सुप प्र ०१ ००१ढ १४८९ नम्बरको जिप डोटी जोरायल गाउँपालिका १ खडिलामा दुर्घटना भएको हो । दुर्घटनामा एक जना ३ वर्षीया रितिका पार्कीको मृत्यु भएको छ भने अर्की एक महिलाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सन्दिप शाहले जानकारी दिए । महिलाको घटनास्थलमै मृत्यु भएको …

पुरा पढ्नुहॊस »

साथसाथै फाउन्डेसनको आयोजनामा यसरी मनाइयो विश्व वातावरण दिवस (भिडियोसहित)

काठमाडौं । आज जुन ५ अर्थात् विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा पनि ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नाराकासाथ देशव्यापी रूपमा दिवस मनाइँदै छ । वातावरण र विकासको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थासहितको समन्वयमा ‘साथसाथै फाउन्डेसन’को आयोजनामा बिहान काठमाडौंमा र्‍यालीसहित जनचेतनामूलक कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइएको छ । भद्रकालीदेखि वसन्तपुरसम्म जनचेतनामूलक प्ले कार्डसहित र्‍याली गरिएको थियो । कार्यक्रममा सहभागी सरकारी अधिकारी र संघसंस्थाका प्रतिनिधिहरूले वातावरण संरक्षणमा …

पुरा पढ्नुहॊस »

पाँचौंपटक विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री यादव, यस्तो छ अंकगणित

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पाँचौँ पटक विश्वासको मत लिँदैछन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उनले आज डेढ वर्षको अवधिमा पाँचौँ पटक विश्वासको मत लिन लागेका हुन् ।  ​ पछिल्लोपटक सत्ता गठबन्धनमध्येका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री …

पुरा पढ्नुहॊस »

बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुन

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे सुरु हुने बैठकमा आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ । संसद् सचिवालयले जारी गरेको कार्यसूची अनुसार बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको आज अर्थमन्त्री वर्षमान पुनले जवाफ दिनेछन् । बैठकमा ‘विनियोजन विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने, अर्थमन्त्री पुनले ‘विनियोजन …

पुरा पढ्नुहॊस »

चार प्रदेशमा वर्षा, अन्य क्षेत्रको मौसम कस्तो ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाएको छ । हाल कोशी, मधेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानका साथै मधेश र कर्णाली प्रदेशका …

पुरा पढ्नुहॊस »

भाजपाले पाएन बहुमत, कांग्रेसले ४६ सिट थप्यो (पूरा विवरण)

भारतीय निर्वाचन आयोगको अन्तिम मतपरिणामअनुसार भाजपाले २ सय ४० सिट जितेको छ । ५ सय ४३ सदस्यीय लोकसभामा सरकार बनाउन सामान्य बहुमत २ सय ७२ चाहिन्छ । भाजपा बहुमतबाट ३२ सिटले पछाडि छ । उसले गएको चुनावको तुलनामा ६१ सिट गुमाएको छ ।

पुरा पढ्नुहॊस »

रौतहटमा घाँटी रेटेर एक पुरूषको हत्या

काठमाडौं ।  भारतीय सिमानासँग जोडिएको रौतहट जिल्लाको राजपुर नगरपालिकामा एक जना भारतीय नागरिकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ। राजपुर-१ पिपरा भगवानपुरको पूर्वपट्टी इद्रिस गेटछेउ हुलाकी सडक खण्डमा ४५ वर्षीय भारतीय नागरिकको हत्या गरिएको अवस्थामा शव फेला परेको हो। घटना प्रकृतिअनुसार धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्। मृतकको गोजीबाट प्राप्त कागज पत्रमा भारत बिहार मोतीहारीको …

पुरा पढ्नुहॊस »

संसद्‌मा माग- निर्मल पुर्जालाई नेपाल आउन बन्देज लगाउनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले कीर्तिमानी पर्वतारोही निर्मल पुर्जालाई नेपालमा आउन बन्देज गर्नुपर्ने माग गरेका छन् । मंगलबार संघीय संसदको प्रतिनिधिसभा बैठकमा उनले पुर्जामाथि पूर्वमिस फिनल्यान्ड लोट्टा हिन्स्टाले यौन दुर्व्यवहारको आरोप पुर्जामाथि लगाएको, आफैंले नेपाली शेर्पाले हिमालमा डोरी काटेको आरोप लगाएको तथा उनले दोहोरो नागरिकता प्रयोग गरेर नेपाल आउजाउ गरेको एवं हिमाल आरोहण गरेको कारण देखाउँदै पुर्जालाई नेपाल आउन रोक लगाउन माग गरेका हुन् । ‘३ जुनमा न्युयोर्क …

पुरा पढ्नुहॊस »

गोप्य सूचना बेच्ने सांसदबारे विस्तृत जानकारी चाहियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग गोप्य सूचना बेच्ने सांसदबारे विस्तृत जानकारी माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै गोप्य सूचना बेच्ने विषय आन्तरिक मामिला नभएको बताए । ‘देशको गोप्य सूचना विदेशमा बेच्ने सांसद यही संसदमा छ भनेर केही दिन अगाडि उपप्रधान तथा गृहमन्त्रीले भन्नुभयो । त्यो पनि सभामुखलाई नै साक्षी राखेर भन्नुभयो । यो अत्यन्त गम्भीर कुरा …

पुरा पढ्नुहॊस »

काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा (भिडियोसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार स्थानीय वायु सक्रिय हुँदा हावाहुरीसहित वर्षा भइरहेको हो । यो प्रणालीका कारण काठमाडौंमा मध्यम वर्षा हुनेछ । अहिले मकवानपुर आसपास मध्यम वर्षा भइरहेको छ । मधेसको बारा, पर्सा जिल्लामा पनि मध्यम वर्षा भइरहेको छ । हाल मनसुनी वायु भारतको सिक्किम आसपास आइपुगेको छ । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको …

पुरा पढ्नुहॊस »