काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा (भिडियोसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार स्थानीय वायु सक्रिय हुँदा हावाहुरीसहित वर्षा भइरहेको हो ।

यो प्रणालीका कारण काठमाडौंमा मध्यम वर्षा हुनेछ । अहिले मकवानपुर आसपास मध्यम वर्षा भइरहेको छ । मधेसको बारा, पर्सा जिल्लामा पनि मध्यम वर्षा भइरहेको छ । हाल मनसुनी वायु भारतको सिक्किम आसपास आइपुगेको छ ।

नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री