संसद्‌मा माग- निर्मल पुर्जालाई नेपाल आउन बन्देज लगाउनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले कीर्तिमानी पर्वतारोही निर्मल पुर्जालाई नेपालमा आउन बन्देज गर्नुपर्ने माग गरेका छन् ।

मंगलबार संघीय संसदको प्रतिनिधिसभा बैठकमा उनले पुर्जामाथि पूर्वमिस फिनल्यान्ड लोट्टा हिन्स्टाले यौन दुर्व्यवहारको आरोप पुर्जामाथि लगाएको, आफैंले नेपाली शेर्पाले हिमालमा डोरी काटेको आरोप लगाएको तथा उनले दोहोरो नागरिकता प्रयोग गरेर नेपाल आउजाउ गरेको एवं हिमाल आरोहण गरेको कारण देखाउँदै पुर्जालाई नेपाल आउन रोक लगाउन माग गरेका हुन् ।

‘३ जुनमा न्युयोर्क टाइम्सले पूर्वमिस फिनल्यान्ड लोट्टा हिन्स्टालाई निर्मल पुर्जा (निम्स दाई) ले यौन दुर्व्यवहार गर्‍यो भनेर समाचार छापेको थियो । यो नेपालको लागि असाध्यै नराम्रो समाचार हो । उनी कहिले डोरी टाँस्ने शेर्पाहरूले डोरी काट्यो भनेर नेपालको बदनाम गरिरहन्छन्, कहिले नेपाली नागरिकतामा हिमाल चढ्छन् र पछि मात्र नागरिकता सरेन्डर गर्छन् । यस्ता व्यक्तिलाई सरकार वा पर्यटन मन्त्रालयले नेपाल आउन बन्देज गर्नुपर्‍यो,’ सांसद बजगाईंले भने ।

पूर्वमिस फिनल्यान्ड लोट्टा हिन्स्टाले उनी हिमाल चढ्न नेपाल आएका बेला काठमाडौंको एक होटलमा पुर्जाले यौन दुर्व्यवहार गरेको भनेर द न्युयोर्क टाइम्ससँगको कुराकानीमा बताएकी थिइन् ।

हिन्स्टाले त्यसअघि आफ्नो पुस्तकमा पुर्जाको नाम उल्लेख नगरी आफ्नो सहमतिबिना एक व्यक्तिले चुम्बन गरेको उल्लेख गरेकी थिइन् । तर, उनले न्युयोर्क टाइम्सको कुराकानीमा भने ती व्यक्ति पुर्जा नै रहेको बताएकी थिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मोटरसाइकल दुर्घटनामा पछाडि सवारको मृत्यु, चालक घाइते

काठमाडौं । झापाको कमल गाउँपालिकामा कुकुरसँग ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ …

प्रतिकृया दिनुहॊस