काठमाडौंमा वर्षा, कस्तो रहला दिनभरको मौसम ?

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा मेघगर्जन / चट्याङ, हावाहुरीसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

शुक्रबार दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी र बागमती प्रदेशलगायत देशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन / चट्याङ / हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन / चट्याङ /हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समिति र संसदीय दलको बैठक आह्वान गरेको …

प्रतिकृया दिनुहॊस